कमेडी च्याम्पियनमा मैले देखेको माल्भिका सुब्बा
बोल्डनेसको फुल प्याकेज भन्न रुचाउछु म पुर्व मिस नेपाल, मोटिभेसनाल स्पिकर, मिडिया पर्सनालिटी माल्भिका सुब्बालाई । उनका प्रत्येक प्रस्तुतिमा पूर्णता देख्छु म । हुन त मैले उनलाई न प्रत्यक्ष भेटेको छु, न त भेट्छु भन्ने अपेक्षा छ । तर अन्य समय भन्दा भिन्न माल्भिकाको रुप मैले कमेडी च्याम्पियनमा देखे, जब उनी गेस्ट भएर पुगिन् । मिस नेपाल २००२, माल्भिका सुब्बा कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को १८औ शृंखलामा पुर्व मिस नेपालको साथ पुगेकी थिइन् । उनी आफु भन्दा भिन्न क्षेत्र हुदा हुदै पनि उनी लाइभ कमेडी हेर्न कार्यक्रम स्थलको यात्रा तय गरेकी थिइन् । त्यहाँ उनको एक फरक रुप मैले व्यक्तिगत विश्लेषण गर्दै गर्दा अनुभव गरे ।
कार्यक्रम होस्ट रीमा विश्वकर्मालाई ‘सबै रियालिटी शो तपाइँले लगेर मलाई अफर नै आउन छोड्यो, मेरो हातमा केहि पनि छैन’ भन्दै कमेडी च्याम्पियन को १८औ भागको लाइभ कार्यक्रममा प्रवेश गरिन् । रीमाले मिम नबनी कोहि चर्चित मानिन छोडियो, भन्दा उनले ‘म त छु’ भन्दै उनको हक्की स्वभाव प्रस्तुत गरिन् । तर त्यस पछी भने उनी आफैले जीवनमा ‘एउटा ट्रोल’ आफ्नो लागि बनेको बताइन् । उनले उक्त ट्रोल बन्नुको क्षण सेयर गर्न चाहदा चाहदै होस्टले रोकिन् र अन्य बिषयमा कुरा मोडियो । यो हेरी रहदा मेरो मन भने चसक्क भयो । हामीले देखेको सोचेको ‘आइडल’ माल्भिका भित्रको ‘कोमल मन’ पनि देखिएको अनुभूति मैले गरे ।
उनी ब्रेन र ब्युटीको कम्प्लिट प्याकेज हुदा हुदै पनि उनी एक महिला पनि त हुन् । उनको पनि त मन छ हैन र ? अन्य सेलिब्रेटीले जसरी आफ्नो बारे सानो सानो कुरा पोख्दै पत्रकारलाइ बेड सम्म नै तान्छन् भने माल्भिकालाई त्यो हद सम्म नभए पनि धेर थोर आफ्नो बिषयमा बोल्न त मन पक्कै पनि हुदो हो । हामीले देखेको ठिक्क चाहिदो बोल्ने माल्भिकालाई ‘आफ्नो मीम’ अनुभव सेयर गर्न दिनु पर्थ्यो भन्ने लाग्यो ।
उनी कस्तो जीवन जिउन चाहन्छिन् त ? भन्ने मेरो फिल्मको जिज्ञासामा उनी आफु सामान्य जीवन जिउन मन गर्ने बताइन् । उनी सामान्य जीवन जिउछिन् पनि ।
आफ्नो क्षेत्र र रुची भन्दा बिल्कुल भिन्न परिवेशमा उनी पाहुना बनेर पुगेकी थिइन् । कस्तो कस्तो स्थिति त सजिलै मिलाउने उनले कमेडियनसंगको करिव एक घण्टा समय त कसरि सहज नाबनाउलिन र ? भन्ने लागेकै हो पहिला नै । उनी यस बिषयमा सफल पनि भइन् । उनले सन्चालन गर्ने कार्यक्रम जीवन साथिमा ऋषि धमला माथिको मिठो प्रहारको चर्चा २बर्ष बितीसक्दा समेत उतिकै नै हुने गर्छ । परिस्थितिलाई आफ्नो पक्षमा पार्न जान्ने उनको यो क्षमता कदर गर्न लायक छ ।
आफुलाई बचाउने नाममा उनी एक पटक भने मनोज गजुरेलको पक्षबाट आएको नरम जवाफले चुकिन् । उनले आफुले बौद्दिक कमेडी मन पर्ने भएकोले ‘ब्रिटिस ह्युमर’ पछ्याउने कारण खासै नेपाली कमेडी नहेर्ने बताउदै गर्दा, शोका जज मनोज गजुरेलले माल्भिकाको अपेक्षा भन्दा भिन्न मिठो ‘पन्च’ हानेका थिए । माल्भिकाले ‘सोचेर बोल्नुस’ भन्दै गर्दा गजुरेलले मिठो गरी ‘म अनुरोध गर्छु नेपाली कमेडी ग्रो हुदै छ, हेर्नु ल’ भनेर मीठो प्रहार गरे ।
उनी त्यस्ती सजिलै खुल्दिनन् । सन्जु कटुवालको प्रस्तुतिमा उनले ‘महिला पुरुष’ को हिसावले सोचिन । भनेर सम्पूर्ण जजको कमेन्ट प्रति घुमाएर व्यंग्य गरिन् । साथै सन्जुको प्रस्तुति पछि ‘तिस पछी पनि बच्चा पाइन्छ’ भनेर आफ्नो हक्की स्वभाव देखाइन् ।
उनी आफु आफ्नो पेशा प्रति बफादार रहेको अर्का प्रतियोगी प्रनेश गौतमलाई सुझाव दिदै गर्दा देखियो । उनले ‘बिल पठाईदिन्छु’ भन्दै पेशा प्रतिको बफादारिता देखाईन् । हुन त उनले रमाइलोको लागि भनेको बिषय थियो त्यो । तर उनी आफ्नो पेशालाई सम्मान गर्ने र खुलेर डिमाण्ड गर्न सक्ने थोरै मद्येकी एक हुन्, भनेर देखाईन् ।
उनलाई ‘एरोगेन्ट’ भन्ने समूह पनि छ एउटा । रोल्पाका प्रतियोगी खड्ग बहादुर पुनलाई मज्जाले ढाडस दिइन् । स्क्रिप्ट लेख्ने मान्छे हुने हो भने उनको भविष्य उज्वल हुने बताईन् । ठुलो ब्याग, गेटअप, जेस्चारको प्रसंसा गर्दै आफु एरोगेन्ट नभएको समेत प्रमाणित गरिन् । तर त्यसको लागि उनको मन जित्न सक्नु पर्ने देखियो । सुरुमा मिस नेपाललाइ अंकमाल गर्न मन छ भन्दै सुरु गरेका पुनलाई उनी आफैले अंकमाल गर्न ‘अफर’ गरिन् । तर कता कता शरीर, उचाईले हासउठ्यो भन्दै गर्दा भने ‘बुलि गरेको’ पो हो कि झैँ लाग्यो ।
अहिले सम्म कै कडा प्रस्तुति सुमन कोइरालाको हेरे पछी, अन्त्य सम्म आइपुग्दा उनले आफु गलत भएको र नेपालमा कमेडीको ट्रेन्ड परिवर्तनको क्रममा रहेको स्विकारिन् । यो बिषयले उनीमा आत्माआलोचनाको बिशेषता समेत देखियो ।
टिमको तर्फबाट उपहार शृंखलालाई प्रदान गर्दै गर्दा ‘मलाइ चै छैन ?’ भन्दै उनले आफु भित्रको महिला मन देखाईन् जुन उपहारको लागि लालायित हुन्छ।
उनको इन्स्टाग्राम पछ्याउदै गर्दा छोराको अगाडी उनी सामान्य नेपाली आमाको भूमिका निभाउदै गरेको देखिन्छ । बाहिर बसेर व्यक्तिगत चिनजान बिना उनको सबै कुरा नियाल्दै गर्दा, उनी भित्रको नेपाली महिला मन, छोराकी आमा र सामान्य जीवनको स्वरुप समेत थोर बहुत देख्न पाइएको छ ।
प्रतिक्रिया