‘साङ्लो’ को गीत राम्रो बनाउन रामजीको मेहेनत

माघ २४ बाट प्रदर्शनमा आउने फिल्म ‘साङ्लो’ को दुई गीत र ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक सामाग्रीलाइ दर्शकले रुचाएका छन् । फिल्मको गीतलाई हेर्दा एउटामा मोडर्न र अर्को कल्चरल देख्न सकिन्छ ।  पहिरनसंग संगै नृत्यको प्याटर्न समेत फरक छ ।

हिजो सार्वजनिक भएको ‘झ्याम्मै आँखा झ्याम्मै’ का कोरियोग्राफर रामजी लामिछाने माथि फिल्मको गीतलाइ लिएर धेरै प्रेसर रहेको थियो । अगिल्लो गीत ‘चरीले काफल’ सार्वजनिक भएर दर्शकले मन पराइ सक्दा फरक प्याटर्न समेत लिड एक्टर विराज भट्ट र निकिता चाण्डकलाई ‘फरक भूमिका पनि सुहाउछ है’ भन्ने प्रमाणित गर्ने चाह लामिछानेको मनमा थियो ।  साथै विराजको एक्सनको चर्चा भैरहेको समय लामिछानेलाई उनको नृत्य अब्बल रहेको प्रमाणित गर्न मन थियो ।  त्यहि माथी निकितालाई ‘मोडर्न पहिरन र नृत्य’ पनि उतिकै राम्रो देखिन्छ भन्ने दर्शकमा पार्नको लागि समेत मेहेनत गर्न जरुरी थियो । त्यसको लागि उनले १५ दिन लगाएर रिहर्सल गराए । उनी आफ्नो काममा एक हद सम्म सफल भएको भन्छन् । साथै निकिताको तारिफ गर्दै निकिताको स्टेप, नृत्य संगै एक्सप्रेसन समेत राम्रो रहेको बताउछन् । उनी निकितालाइ ‘मेहेनती’ भन्ने गर्छन ।

दर्शकलाई गीत मार्फत फिल्ममा ‘के छ’ भन्ने भ्रम छर्न लागेको त हैन ? भनेर नायिकालाई प्रश्न गर्दा उनी, ‘गीतको सम्पूर्ण जिम्मेवारी कोरियोग्राफरमा रहेकोले वहाले जसरी सोचेर गर्नु भयो वहाको परिकल्पना साकार पार्न हामीले मेहेनत गर्ने प्रयास गरेको छौ ।’ भन्छिन् । सार्वजनिक दुवै गीतमा गज्जबको नृत्य प्रस्तुत गरेकी नायिका आफु प्रोफेसनल डान्सर नभएको र सिक्न धेरै बाकी रहेको बताउछिन् ।

गीतमा सुरेश अधिकारीको संगीत, निशान भट्टराईको स्वर र शब्दमा अन्जु पन्तको स्वरसमेत समावेश गरिएको छ । फिल्म विराज भट्ट स्वयंले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्मले किड्नी तस्करीको कथा भन्नेछ । फिल्ममा विराजको जोडी पूर्व मिस नेपाल निकिता चाण्डकसँग बाँधिएको छ । फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन रहेको फिल्ममा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ । सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत रहेको फिल्ममा शिवम् अधिकारीले तयार पारेका हुन् ।