तेश्रोलिंगी प्रति पूजाको ‘मजाक’ !

सेलिब्रेटी भएपछि लिङ्ग, जात, धर्म लगायत बिषय प्रति व्यवहारको साथ साथै बोलिमा समेत सचेत हुन जरुरि छ । उनीहरुको एउटा बोलीको प्रभाव ठुलो जमात सम्म पुग्ने भएको कारण बोल्दा बिचार पुर्याउन पर्ने हुन्छ ।

तर यसको ठिक बिपरित पूजा शर्माले समलिंगीलाई लिएर मजाक गरेको देखियो ।

एक युनीसेक्स ब्युटीसलोनको उद्घाटनमा पुगेकी पूजाले एक पत्रकारको नाम नै लिएर उनी तेश्रोलिंगी भएकै कारण हाँसोमा उडाइन् । उनले, महिलाको र पुरुषको लागि नै यो व्यवसाय सुरु भएको बताईरहँदा ‘…हरुलाई नी ?’ भन्दै अभद्र हाँसो हासेकी थिइन् ।

उनले सोही व्यवहार अर्को एक अन्तर्वार्तामा समेत दोहोर्याइन् । एक पटक होइन पटक पटक । एक पटक भए त झुक्किएको भन्न सकिन्थ्यो  तर उनले दोहोर्याएर मज्जा लिईन् ।

सामाजिक संजालमा भाइरल तेश्रोलिंगी निकेश श्रेष्ठले अन्तर्वार्ताको क्रममा स्वागत छ को जवाफ ‘वेलकम’ भनेका थिए । सोहि बिषयलाई लिएर उनले फेरी पनि मजाक उडाईन् ।

कानुनले समेत भिन्न व्यवहार गर्न नपाइने बताएको अवस्थामा धेरैले मन पराउने नायिकाको यो व्यवहार कति पाच्य कति अपाच्य ?