आस्थाको बिषयमा के भन्छन्, कलाकर्मी !

गायिका आस्था राउत विवादमा छिन् । हाल उनीमाथि पक्राउ गरि अनुसन्धान गर्न प्रहरी तयारी अवस्थामा छ । यहि बीच उनको बिषयमा विभिन्न कलाकर्मीले सामाजिक संजालमार्फत आफ्नो बिचार ब्यक्त गरेका छन् ।
हेरौ उनीहरुको बिचार जस्ताको त्यस्तै:

दिपकराज गिरी (फिल्मकर्मी)
प्रिय आस्था बहिनी…
यो बिषयमा लेख्न मन थिएन तर तिम्ले निरन्तर गालि खाएको देखेर किन किन लेख्न मन लाग्यो।
म पनि बिगतमा यस्ता धेरै घटनाहरू बाट गुज्रेको छू यस्तै प्रकारका घटनाहरू बाट पाठ पनि सिकेको छू।
…..समस्या कॉहाबाट आयो भने … तिम्ले भिडको सामना गर्दै प्रहरी लाइ चेक गराउदै अधि बढ्नु पर्यो .. भिड र संबेदनशील क्षेत्र मा काम गर्ने प्रहरी जवान हरू लाइ छुट्टै प्रेसर हुन्छ .. उनिहरू लाइ छुट्टै दवाव हुन्छ .. उनिहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ति भए ज़ागिरै संकटमा पर्छ … त्यस्तो बेला उनिहरू वाट अलि रूखो ब्यबहार निस्किन्छ पनि त्यॉहा पनि निस्कियो होला।

तर हामि कलाकार वा सेलेब्रिटीज़ को गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ति हाम्रै देखिने रहेछ… सेलेब्रिटीज़ भनेको सेतो कपडा रहेछ .. अरू रंगमा दाग नदेखिए पनि सेतो मा सानो दाग पनि देखिहालिन्छ .. अत सहनु पर्ने हामिले नै रहेछ …. बिदेशमा प्राय: यस्तो घटना हूदैन किनकि त्यॉहा नेता मात्रै vip हूदैनन् धेरै कर तिर्ने ब्यापारिहरू , नाम चलेका खिलाड़ी, कलाकार हरू लाइ पनि vip मानिन्छ र सुबिधाजनक ढंगले चेक जॉच हुन्छ र भिडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै vip हो .. यो संबेदनशीलता लाइ हामिले बुझ्नु पर्छ किनकि हामि भिड बाट नै गुज्रिनु पर्छ त्यस्तो अबस्थामा हामि सतर्क हुनै पर्छ।

मापसे कान्ढमा म पनि परे गल्ति मेरै थियो । तर जब म प्रहरी को पन्जामा परे म माथि भएको दूर्ब्यबहार डर लाग्दो नै थियो तर मेरो कुरा लाइ कसैले गम्भीरतापूर्वक नै लिएनन् … यसबारे हामिले नै होसियार हुनु पर्ने रहेछ …हामि लाइ अन्याय नै भयो भने पनि।

कलाकार हो फूर्ती देखायो होला फस्यो नि भनिदो रहेछ त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ़ पॉउ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ …तिम्लाइ पनि त्यस्तै केहि रूखो ब्यबहार प्रयोग भयो होला … तर गल्ति तिम्रो फ़ेसबुक लाइभ ले गर्यो त्यस्मा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो।

तिमिलाइ केहि नभइ त्यस्तो भनिनौ होला … तर बाहिर बाट हेर्दा तिमि नै अमर्यादित देखियो अत: यो घटना लाइ तिमिले हामिले सबैले एउटा पाठको रूपमा लिनु पर्छ … जे हुन्छ राम्रैको लागि हुन्छ।

आज कतिपय स्ट्याटस हरू कलाकार यस्तै घमण्डी हुन्छन् भनेर आउछ दुख लाग्छ … त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनी संग म माफ़ी माग्छू तिमि पनि माग …. सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन , हामि सामान्य नागरिक नै हौ यो बास्तबिकता लाइ बुझौ ……!!!

राजेशपायल राई (गायक)
एर्पोर्टमा साहरुख खान लाई त झन कट्टु मै चेक गरेको थियो । त्यो उसको अधिकार हो । अब रह्यो पुलिस ले कस्तो ब्यबहार गर्यो ? चेकिङमा कफी,पानी लान पाइदैन इभन वाल्लेट (मनी ब्यग ) पनि पाइदैन । उनि बैनी हुन । राम्री गायिका हुन । अझ एक रियलिटी सो The Voice कि कोच पनि हुन।  आफ्नो इज्जत ठाउमा राख्नु पर्छ माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ।  “तब न हामी कलाकार , उसै त हामी नाथे कलकार “।

धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ ।

आस्था र एअरपोर्ट मा खटिएका कर्मचारी दुबै सुधृन आबस्यक।

करिश्मा मानन्धर (अभिनेत्री)
 असभ्य भषा बोल्ने अधिकार कसैलाई छैन । पुलिस पनि नेपाली मानिस हुन। दिनभरी दिक्कलाग्ने कामले वाक्क छन होला ! तर भाषाको प्रयोग गर्दा ध्यान पुर्याउनु होला ! बिचारा गाइकाजीको नयाँ अनुभव भएछ । यो त हामीले सहेर उनिहरुलाई नै व्वाक्क परेको चिँज हो ।

भाषाको साथसाथै सुधार्नु पर्ने केही उदाहरण

ट्राफिकले इन्टरसेक्सन मा कस्को अधिकार पहिलो हुन्छ ? मुख्य सडकको पहिलो अधिकार हुन्छ । अनि हाम्रोजस्तो गल्ली गल्ली भयेको ठाँउमा पहिलो प्राथमिकता मुल बाटोको सवारी साधनको हुन्छ , त्यो थाहा छैन ! ! गल्ली को टुप्पोमा राख्नुस लेखेर ´ पुरैरोक्नुस, हेर्नुस् अनि ,जानुस ` । अर्को नियम कम्सेकम 100 मी . थाहा हुनुपर्छ इन्डिकेसन कता जानी भनेर त्यो खोइ?

येति सामान्य नियम थाहा छैन तपाईंहरुलाई ??

अनि होला आवेगमा आस्थाले केही त्रुटि बोल्ने समयमा गरिन होला ! तर के नेपाल पुलिस बाट  ‘त’ नखाने कोहि छौ ? त्यो पनि बिना कारण ? हामी त यो कामको स्ट्रेस हो भनेर हासेर छोडिदिन्छौ तर अब केटाकेटीले रीयाक्ट गरिन तेइ हो ।

दीपशिखा खड्का (निर्माता, कलाकार)
आज आएर महशुस भयो नेपालमा कुनै कानुन छैन….
अनि हाम्रा सुरक्छ्याका लागी बसेका प्रहरी जवानहरुको कुनै इज्जत छैन…!!!
सलाम छ नेपाल #सरकार अनि सलाम छ हजुर #Astha_Raut जिउलाई सारै मिठो बोल्नु भयो हजुरको बोलीले मेरो त कनपाटाको रौ तात्यो हजुरले बोल्नु भएको सब्द सब्दले । तपाईं प्रती दया लागेर आयो । हजुर जस्तो प्रतिस्ठित ब्यक्तिले यती बोल्नु अगाडी सय पटक सोच्नु पर्थ्यो । तपाईंका २-४ जना फ्यानले वा वा भन्लान तर बुझ्ने र सब्य मान्छेले हजुरलाई के उपमा दिने हजुर ??

यही कुरालाई राम्रो तरिकाले बोल्दा हजुर प्रतिको सुन्दर्तामा सुगन्द थपिनेमा कुनै दुइमत थिएन । हजुर आफैमा राम्रो गाइका सुन्दर रुपकी धनी तर हजुरको बोल्ने तरिका चाही पटकै भएन । गल्ती भयो होला प्रहरीबाट म पनि धेरै पट्क परेकी छु । तर पनि बोल्न चाही सिक्नु होला । किन कि हजुरबाट हजुरका दर्शकले केहि राम्रा कुरा सिक्न पाउन धन्यवाद ???
यि बोल्ने शब्द थिएनन…..???
(त्यो डन्ठीलाइ भेटे भनि लट्टी मुखबाट घुसारेर कहाँ बाट निकाल्दिन्छु, यो पुलिस्नी के खार आइ ? बुढोसंग लफडा परेछ कि ?’नाम रमिता रे रमिता नै देखाई त्यसले, त्यो महिला प्रहरी जवान त्यस्तै छे रे अरुले पनि त्यस्तै भन्नु भयो, त्यो सोल्टिनी, डन्ठी, प्युसो, प्युपा, लो लेभल, इनरु मुला, हातले छाम्नु सक्दैनस ?

पुलिस हो कि फुलिस ? तलका प्युसो, पुलिसनी, जरा कुहिएको छ तिमारुको, युनिफर्म लाउदैमा फुर्ति नलगा, कसलाई तँ भनेको ओए ?-)

प्रमोद खरेल (गायक)

प्रसंग
गायक गायिका को विषयमा बोल्ने एउटा पनि संस्था नभएको अनुभव भयो हाल आएर । सेतुराम देखि आजको दिनसम्म को इतिहास बोकेको यो राष्ट्रकै अभिन्न अंग भैसक्ने बेलामा पनि संस्थागत रुपमा शुन्य नै रहेको आभाष भयो अहिले ।
केहि दिन देखि चर्चा मा रहेको आस्था राउत प्रकरण मा सकारात्मक वा नकारात्मक ,( समर्थन वा आलोचना, ) कुनै पनि टिप्पणी गर्ने गायक गायिका को संस्था नहुदा करोडौ श्रोताले माया र स्नेह दिएको यो क्षेत्र नै विचरो अवस्था भएको आभाष भएको छ।
अब विषय तिर लागौ #आस्था_प्रकरण
गएको केहि दिन बाट सामाजिक सन्जालमा भाइरल यो प्रकरण ले आश्था राउत लाइ पक्रने आदेश दिएको छ। जहॉ सम्म लाग्छ , यो निर्णय बाहिरिएको सिसिटिभी फ़ुटेज भन्दा पनि उनले फ़ेसबुक लाइभमा दिएको अभिव्यक्ति र त्यसमा प्रयोग भएका शव्दहरु हरु नै हुन। जुन आफैमा केहि अस्वाभाविक र कलाकार लाइ असुहाउदा नै छन, र देशमा कर्तव्य निर्वाह गर्ने प्रहरी का लागि निश्चय नै आपत्तिजनक हुन दुइमत छैन। जुन बारे स्वयम् आश्था ले नै स्विकार गरी माफ़ी मागीसकेकी छिन। तर माफ़ी ले नपुगेरै होला प्रहरी ले अनुसन्धान का निम्ति पक्राउ आदेश जारी गरेको र आस्थाले सिक्किम बाटै प्रहरी लाइ सहयोग गर्ने बताइसकेकी छिन। सिसिटिभी फ़ुटेज मा अडियो छैन, दुवैले के बोले थाहा छैन। जहॉ दुवैको दोष हुन सक्छ, प्रहरी को चेकिंग मा सहयोग नगर्ने आश्था को कमजोरी हो दुइ मत छैन, तर प्रहरी ले पनि आस्था सँग गरेको व्यवहार कस्तो थियो त्यसमा भर पर्छ , उनि बिनाकारण नै रिसाइन त ?? पक्कै पनि होइन। दिनभर डुयटि ले थकान भएर प्रहरी ले यस्तो व्यवहार गरिन होला भन्न पनि मिल्दैन तसर्थ गल्ति को प्रतिशत जति जति भएपनि अनुसन्धान दुइपक्षिय नै हुनुपर्छ एक पक्षिय हैन यदि अघि बढ्ने नै हो भने।
तर ….. ….
आम नागरिक को प्रहरी प्रति को विश्वस्वनियता , नागरिक प्रति प्रहरी को हातेमालो, अझ विगत देखि नै कलाकार लाइ प्रहरी ले र प्रहरी लाइ कलाकार ले गर्ने व्यवहार पवित्र छ। एकाध व्यक्तिगत घटना लाइ समग्र कलाकार र समग्र प्रहरी क्षेत्र जोडनु जोडाउनु दुर्भाग्य हुनेछ । सामाजिक सन्जाल मा कलाकार र प्रहरी का पक्ष विपक्ष हुदै धुर्विकरण तिर जाने र इख बटुलेर अघि बढने हो भने त्यसले दीर्घकालीन फ़ायदा गर्दैन।
आस्था यस घटना बाट विक्षिप्त पक्कै छिन, आम नागरिक सरह नै उनले पनि दण्ड भोग्लिन नै, यसमा प्रहरी र निर्णय कर्ताले नै टुंगो लाउलान । वा सामान्य पुछताछ पछि घटना सकिएला । र आश्था ले सार्वजनिक रुपमा माफि माग्दै घटना को द इन्ड गर्लिन। अब आश्था लाइ थप मानसिक कमजोर बनाउनु को सट्टा सचेत र परिपक्व बनाउनु पर्छ प्रहरी ले , यस्ता घटना नदोहोरिने वातावरण बनाउनु पर्छ । प्रहरी लाइ नि हामीले काम गर्ने वातावरण बनाइ दिनै पर्छ। केहि समय मा नै आस्था र प्रहरी जवान रमिता को हात मिलाइदै गरेको हँसिलो तस्वीर सामाजिक सन्जाल मा देख्न पाइयोस, । धन्यवाद…