दिपकराजको परिपक्वता र आत्मालोचनाको अभाव
मानिस अचम्मको प्राणि, आफ्नो गल्ति स्वीकार्दै नस्वीकार्ने । आफुलाई दुनियाको अगाडी गलत छु त भन्दै नभन्ने । कोहि कसैले आत्माआलोचना गर्ने क्रममा आफ्नो गल्तिलाई आफु सामु स्वीकार्ला तर दुनियाँको अगाडी आफ्नो गल्ति स्वीकारेर सुध्रिन त हिम्मत चाहिन्छ ।
आजको सन्धर्व नेपाली कलाकार, फिल्म निर्माता दिपक राज गिरीको । उनी त अचम्म कै लाग्छन् । जे बिषयमा पनि बोल्न पर्ने । कुरा ठिकै पनि होला, सामाजिक व्यक्तित्व भए पछि समसामयिक बिषयमा बोल्न पर्छ पनि । तर उनले आत्मालोचना गर्ने समय पो भएको हो कि ?
दिपक राज गिरी र उनको टिमले निर्माण गरेको सबै फिल्म व्यवसायिक रुपमा सफल भएका छन् । यसमा कुनै दुइमत छैन । पछिलो फिल्ममा त उनले अझ राम्रो गरे । फिल्ममा कथा पनि थियो रे । उनको टिमको फिल्ममा कथा भेटिएको दर्शक समिक्षकले बताए ।
फिल्म ‘छ माया छपक्कै’ निर्माता रोहित अधिकारीसंग मिलेर निर्देशकीय जिम्मेवारी दिपेन्द्र लामालाई दिएर उनको टिमले निर्माण गरे । फिल्म राम्रो चल्यो तर अहिले आएर उनीहरुले शो कम पाएको गुनासो गरेका छन् । त्यो पनि भारतीय फिल्मको शोज बढी भयो भन्दै । यसमा कुनै लजिक देखिदैन ।
रोहित अधिकारीको स्ट्याटस, “हिन्दि फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा कसरी गर्छन त हलवालाहरु देखिहाल्नु भयो… यो दबङ भन्दा ४-५ गुना बढि हाम्रो नेपाली फिल्म छक्का पन्जा सिरिज हरु चलेका थिय तर शोज चाहि ४-५ गुणा कम थियो नेपाली फिल्म भएरै कम दिइएको थियो …”
यहि भनाइ सेयर गर्दै दिपक लेख्छन्,” सत्य कुरा …सहि हो ….देशै उताबाट चल्या छ हलको के कुरा….निर्माताहरू हलवाला संग डराउछन्, हलवाला बितरक संग डराउछन्, बितरक उताको खान्छन् अनि यता कराउछन्!!!”
‘छ माया छपक्कै’ फिल्म प्रदर्शनको समयमा भन्दा अहिले क्युएफएक्सले ७ वटा पर्दा थपेको छ । जसको कारण २६शोज थपियो । क्युएफएक्सका बिराटनगर, भक्तपुर र बुटवल हल दिपकको फिल्म प्रदर्शनमा आएपछी मात्रै संचालनमा आएका हुन् । यसरी हेर्दा दिपकले सेयर गरेको रोहित अधिकारीको स्ट्याटस अर्थ हिन लाग्छ ।
हो, हिन्दी फिल्मको मनोमानी नेपालमा चल्ने नै गरेको छ । तर दिपक टिमको फिल्मको बिषयमा भने अलिक फरक स्थिति रहेको छ । फिल्म दशैं ताका प्रदर्शनमा आयो । सामान्य रुपमा हेर्दा पनि निर्माताले फिल्म लगाउन बिदाको समय खोज्छन्, र दिपकले पनि त्यहि नै खोजे ।
उनले प्रत्येक पटक ‘मेरो फिल्म सफल’ किसिमको अभिव्यक्ति दिदै आएका छन् । यदि फिल्म सफल नै हुनु छ भने दशैँ किन पर्खिन पर्थ्यो र ? फिल्म प्रदर्शनको क्रममा उक्त टिमका एक व्यक्तिले अनौपचारिक कुराकानीको क्रममा फिल्मले डेट नपाएपछी पौषमा समेत प्रदर्शनमा लाउन सकिने बताएका थिए । तर डर मनमा पक्कै छ त्यसैले त फिल्मले दशैं छोडेन ।
कबड्डी कबड्डी कबड्डीको राम्रो ब्यापार चलिरहेको थियो । त्यहि बीचमा रातो टिका निधारमा प्रदर्शनमा आयो । त्यहि बीच घुसेर ‘छ माया छपक्कै’ लगाउन पर्छ झैँ गरि दिपक कड्किए फिल्म लाग्यो पनि । ब्यापार पनि राम्रो गर्यो । असन्तुस्टी जनाउन पर्ने कुनै बिषय नै देखिदैन ।
तर सिरियलमा प्याच्य प्याच्य बोलेर चर्चित बनेका दिपकले उनको आफ्नोपन छोड्ने कुरै भएन । फिल्म त सफल भयो तर उनको बानी उस्तै नै रह्यो ।
फिल्मले दशैँ जबर्जस्ति नगरेको र केहि समय कुरेको भए उनले पनि २६शोज बढी पाउने पक्का रहेछ । तर उनी नै आतिए फिल्म लगाउन । यो समय नेपाली फिल्म नै छैनन् । यो हप्ता मात्रै नभएर अर्को हप्ता समेत कुनै नेपाली फिल्म प्रदर्शनमा आउने छैनन् । यसलाई बिदेशी फिल्मको दादागिरी भन्दा पनि नेपाली फिल्मले प्रदर्शनको समय तालिका मिलाउन नसकेको भन्नु पर्ला ।
फिल्म प्रदर्शन कै समय दिपकले ‘सलमानले ठुलो डेट पाउनुको पछाडी उनको क्रेज हो’ भनेका थिए भने, आज सलमानको फिल्मलाई लिएर चिडीनुको कुनै अर्थ देखिदैन ।
फिल्म चल्नु नचल्नु आफ्नो कुरा भयो । तर ठुलो लगानीमा बनेका नेपाली फिल्मलाई हलवालाले मिलाएर बढी नै शोज प्रदान गर्दै आएका छन् । पैसा मात्रै खन्याउने तर कन्टेन्ट दिन नसक्नु दर्शक हल सम्म तान्न नसक्नु त हालवालाको कमजोरी पक्कै होइन होला । उनीहरुले दर्शक धेरै भएको खण्डमा हल थप्ने नै छन् किनकी हलवालाको यो नै व्यवसाय हो ।
दिपक सफल बनेका थिए सिरियलमा, पछी आएर फिल्ममा पनि सफलताको सिडी चड्दै छन् । तर उनले आफुलाई अलिक बढी परिपक्क बनाउन जरुरी देखिएको छ । हैन भने कमेन्टमा देखिएको असन्तुस्टी दर्शकले फिल्म हलमा नदेखाउलान भन्न सकिन्न ।
प्रतिक्रिया