रजतपटबाट हराएका स्टारहरु

हप्तादिन भित्रमा नेपाली फिल्म जगतले फिल्मका हस्तीहरु गुमाएको छ । कलाकार एवं निर्माता केशव भटराई, दिपक क्षेत्री र कलाकार आनन्द थापालाई गुमाएको हो । नेपाली फिल्म उद्योगलाई कर्मथलो बनाई आफ्नो महत्वपूर्ण जिवन नेपली कला, साहित्य र संस्कृतिलाई लागि समर्पण गर्नुभएका उहांहरुको अभाव फिल्म उद्योगलाई सदा खड्कीरहनेछ । उहांहरुको निधनबाट नेपाली फिल्म उद्योगलाई अपुरणीय क्षति पुगेको छ । उहांहरुलाई हार्दिक भावपूर्ण श्रद्धान्जली ।

बसन्तले पालुवा फेरेझै नेपाली रजतपट जगतमा कलाकार आउने जाने भैरहन्छ । कोही दर्शकको मनमा बस्न सफल हुन्छन् भने छैन । सबै कलाकारलाई दर्शकको मनमा बस्ने मौका भने नमिल्न सक्छ । कलाकारहरुलाई थप हेर्न चाहने दर्शककालागि भने अहिले उनीहरु अहिले हराएका छन् । कोही अमर श्रष्टा बनिसकेका छन् भने कोही कलाकारितालाई छाडेर अन्य विकल्पमा बाचिरहेका छन् ।

पहिलो व्यवसायीक प्रदर्शनको लागि २००६ सालबाट फिल्म घर खुलेको नेपाली फिल्मको इतिहासले वर्तमान समयसम्म आईपुग्दा धेरै स्टारहरु जन्माएको छ नै, कोही भने हराईरहेका छन् ।

यो भिडमा स्थापना कालका नायक तथा कलाकारहरु विलाईसकेका छन् । स्व.डीबी परियार, स्व.प्रकाश थापा, स्व.हीरासिंह खत्री, स्व.प्रेमकृष्ण बानियां, स्व.मित्रलाल शर्मा, स्व.यज्ञनाथ घिमिरे, स्व.राजपाल थापा, स्व.सल्यान केसी, स्व.सिद्धान्तराम जोशी, स्व.नविना केसी, स्व.गोपाल भुटानी, स्व.रवि शाह, स्व.श्रीकृष्ण श्रेष्ठ, स्व.विष्णुभक्त फुयांल, स्व.विएस राणा, स्व.रामकेशर बोगटी, स्व.शुभद्रा अधिकारी रजतपटबाट संधैका लागि विलाएका छन् । कुनै समय यि कलाकारहरु पनि नेपाली रजतपटका महत्वपूर्ण सहयात्री थिए । जसले प्रतिकुल समयमा पनि नेपाली रजतपटमा आफूहरुको कला पस्केका थिए । उनीहरु आफ्नो समयका स्टारनै थिए ।

नेपाली रजतपटमा पालुवा फेरीने क्रममा नायिकाहरुको पनि स्थिती यस्तै छ । अहिले उनीहरु गुमनाम बनेका छन् । तृप्ती नाडकर, शर्मिला मल्ल, रुपा राणा, मौसमी मल्ल, सृजना बस्नेत, सारंगा श्रेष्ठ, कृष्टि मैनाली, जल शाह, उषा पौडेल, पुजा चन्द, मुना कार्की, मेलिना मानन्धर, रेजिना उप्रेती, विना बुढाथोकी, विपना थापा, सज्जा मैनाली, अरुणीमा लम्साल, कृति भटराई, गरिमा पन्त, सुस्मीता केसी, सनी रौनियार, माया प्रधान, विना बुढाथोकी, रिचा घिमिरे, उषा खड्गी, सुमिना श्रेष्ठ, नन्दीता केसी, झरना बज्राचार्य पनि हराएका छन् । उनीहरुले पनि धेरथोर दर्शक कमाएका थिए । तर अहिले भने उनीहरु पनि रजतपटबाट लगभग हराई सकेका छन् ।

कलाकारिता गरेर बांच्ने अवस्था पनि छैन । त्यसैले धेरै कलाकार समय अनुसारको जिवन जिउन अवसरको खोजीमा देश भित्र देश बाहिर जानु बाध्यतानै बनेको छ । आफ्नो स्टार भ्यालु टिकाउन संगै आर्थिक हैसियत बनाउन उनीहरु पलायन हुनु परेको तिथो यथार्थ छ । एक कलाकार भन्छन् पर्दामा जस्तो जीवन रंगिन हुदैन, दर्शकले त्यहि अपेक्षा गर्दछन् त्यसलाई पूरा गर्न पनि विदेश भासिनुपर्ने अवस्था छ । स्टारहरु हराउने क्रममा संगै स्थापित फिल्मका नायकहरु पनि बाध्यतामा फिल्मी दुनियांबाट हराएका छन् । अर्जुन कार्की, श्रवण घिमिरे, कृष्ण मल्ल, गणेश उप्रेती, उत्तम प्रधान, रमित ढुंगाना, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, सुघांसु जोशी, रमेश उप्रेती, सुमन सिंह, रेस मरहठ्ठा, प्रकाश अधिकारी, सिमान्त उदास, जिवन लुइटेल, अर्जुन श्रेष्ठ, लोकेन्द्र कार्की, नविन श्रेष्ठ, संगै कलाकार उमेश मायालु, कमल गाउंले, गोपाल नेपाल फिष्टे, नारद खतिवडा पनि हराएका छन् ।

कोही कलाकारितालाई पूर्ण व्यवसायीक रुपमा अंगाल्छन् त कसैले रहर पूरा गर्न मात्र आएका हुन्छन् । जे जस्तो भएपनि थेरथोर नाम कमाएका कलाकारको अभिनयलाई दर्शकले सम्झीरहेका छन् । कुनै कलाकारलाई भने दर्शकले विर्सन सक्दैनन् । तर जिवन्त अभिनय गरेर दर्शकको मनमा बस्न सफल कलाकारहरु भने हराईरहेका छन् । उनीहरुलाई दर्शकले चाहेर पनि पुन हेर्न पाईरहेका छैनन् । समयको गतिसंगै उनिहरुको जिवनमा आउने उतावचडावले समयको भेलले कहां हुत्याइदिएको छ । वर्तमान निर्माता निर्देशकले उनीहरुलाई चिन्न छाडेकाले पनि उनिहरु कलाकारीतालाई छाडेर पलायन हुन बाध्य बनेको अवस्था छ । कतिपय अवस्थामा नयांपुस्ताले पुरानालाई विर्सीएको गुनासो उनीहरुमा छ । पुराना कलाकार श्याम राई भन्छन् नयां पुस्ताले हामीलाई लगभग चिन्ननै छाडीसके ।

सदाबहार रुपमा भने केही कलाकार अहिले पनि आफ्नो प्यारा दर्शकसंग जोडीनै रहेका छन् । निर साह सदाबहार छन् । हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ मह जोडीका कारण चम्किरहेका छन् । मिथिला शर्मा र बसुन्धरा भुसाल पनि आकल झुकल देखिरहेका छन् । कुनै समयका स्टार अहिले कहिलेकाही देखिरहनै रहेका छन् । रजतपटका स्टार राजेश हमाल बेला बेला फिल्ममा आईरहेका छन् । चल्तीका महिला स्टार रेखा थापा पनि आफ्नो बलबुताले भ्याएसम्म नविन महिलावादी फिल्म नेपाली दर्शकलाई पस्कीरहेकी छन् । नायिका करिश्मा मानन्धर, कलाकार लक्ष्मी गिरी, उत्तम केसी, राजराम पौडेल, गौरी मल्ल, टिका पहाडी, तृप्ती नाड्कर, दिलिप रायमाझी, दिनेश शर्मा, धिरेन शाक्य, नवल खड्का, निखिल उप्रेती, निर्मल शर्मा, निरुता सिंह, दिलिप रायमाझी, शुशिल क्षेत्री, भुवन चन्द, मुकुन्द श्रेष्ठ, रवि गिरी, विजय लामा, शिव श्रेष्ठ, सरोज खनाल, सञ्चीता लुइटेल, जयनन्द लामा, सुरविर पण्डीत, कविता आले, कृष्णभक्त महर्जन, देशभक्त खनाल, पुजना प्रधान, किशोर खतिवडा, हरिहर शर्मा, श्याम राई, मुरलीधर, महादेव त्रीपाठी, रमेश उप्रेती, रवी डंगोलहरु पनि बेला बेला रजतपटमा आकल झुकल देखिन्छन् ।

सन्तोष पन्त धेरै लामो समय पछि हिजो आजका कुरा मार्फत आउंदैछन् । हाल उनी नेपालको पहिलो हांस्य कार्यक्रम कमेडी च्याम्पियनमा निर्णायकको रुपमा रहेका छन् । कलाकार सरिता लामिछाने पनि आफ्नो कलाकारितालाई छाडेकी छैनन् । कलाकार पवन मैनाली दुर्घटनामा परी घरमै थन्कीएर बसेका छन् । दीपा श्री निरौला, दिपकराज गिरी, जितु नेपाल र केदार घिमिरेको टोली फिल्म निर्माणमा लागेर दाम कमाइरहेका छन् । दमन रुपाखेती, पल्पसा डंगोल, शिवहरी पौडेल, शिवशंकर रिजाल पनि कलाकारीतालाई छाडेका छैनन् । नायिका झरना थापा निर्देशनतिर लागेकी छन् । अर्का कलाकार सम्राट सापकोटा फिल्म निर्देशनमा छन् । समाजसेवा संगै कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे पनि पुन फिल्म सेन्टी भाइरस मार्फत कमव्याकको तयारीमा छन् । साईनो फिल्मबाट नेपाली कलालाई अमुल्य योगदान दिएका डेनी डेनजोङपा बलिउडमा जमेका छन् । राते काईलाबाट सुपरिचित कलाकार सुनिल थापा पनि बुढ्यौली विर्सीएर रजतपटमा छाईनैरहेका छन् । नायक रविन्द्र खड्का कलाकार संघमा नेतृत्व लिएका छन् । इन्डीयन आइडल प्रशान्त तामाङ पनि केही नेपाली फिल्ममा देखिए अनि हराए । नायक विराज भट्ट, भुवन केसी, अशोक शर्मा, जयकिशन बस्नेत भने फिल्म निर्देशनमा जमेका छन् । नायक विराज भट्ट फिल्म साङ्लो लिएर आउंदैछन् ।

कोही स्टारहरु हराए, कोही सदाबहार छन् । अहिले चल्तीका स्टारलाई मात्र लिन थालिएपछि पुरानाहरुको डिमाण्ड घटेको बताईन्छ । तर त्यसो होईन् । पुरानो पुस्ताको आफ्नै तौल हुन्छ । बलिउडमा सुपरस्टार रजनिकान्त यसैको उदाहरण हुन् । उनको यस्तो बुढ्यौलीमा पनि क्रेज घटेको छैन । वर्तमान नेपाली रजतपटमा स्टार हुंदै गरेका भन्दा विगतमा आफ्नो मन मष्तिस्कमा बसेका स्टारको भ्यालु निकै माथी हुन्छ । तर पनि दर्शकलाई उनिहरुको अभाव भने खड्केकै हुन्छ । चाहे त्यो घटीबढीनै होस् । रजतपटबाट हराएका स्टारहरुलाई दर्शकले बर्तमान रजतपटको भिडमा पुन हेर्ने चाहना अब लगभग अधुरोनै रहनेछ  । तर असम्भव भने छैन । लामो समय पछि पनि पुन रजतपटमा नयां स्टारहरु आउने क्रम जारीनै छ । विगतमा लामो समयपछि सरोज खनाल, करिश्मा मानन्धर, दिलिप रायमाझी लगायतका स्टारहरु पुन रजतपटमा फकिएका थिए । बर्तमान समयमा नयां कलाकारहरुको इन्ट्री भैसकेको छ । उनीहरु पनि संघर्षरत छन् । पुरानाहरु पनि उनीहरुसंगै अघि बढीरहेको अवस्था छ ।

यदि समय मिलेमा जीवनको किनाराले पुराना स्टारहरुलाई पुन यहि रजतपटमा कुनै अतिथिको भूमिकामा ल्याइछाड्नेमा भने ढुक्क हुन सकिन्छ । किनकी उनीहरुलाई दर्शकले पर्खिरहेका छन् ।