स्वर्गीय केशव भट्टराई एक परिचय
चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको मङ्सिर २९गते राती असामयिक निधन भएको छ । हिजो दिउसो नै चावहिल स्थित चलचित्र विकास बोर्डको हलमा ’सलुट’ सर्ट फिल्म प्रदर्शन भएको थियो । कोमल वलीको प्रमुख आतिथ्यतामा भएको उक्त प्रिमियर शोमा सहभागी भएर भट्टराईले समेत फिल्म हेरे । उनी उक्त समय स्वस्थ नै देखिए पनि साँझ अकस्मात अप्ठ्यारो भएको कारण ओम अस्पताल लैजाने क्रममा ज्यान गुमाएका हुन् ।
२०२५ साल मङ्सिर ५ गते बाबु स्वर्गीय मेघराज भट्टराई र आमा नन्दकुमारी भट्टराईको कोखबाट ओखलढुंगामा जन्म लिएका उनले स्नातक सम्मको अध्ययन गरेका छन् । २०४५ सालबाट उनी नेपाली फिल्म क्षेत्रमा सक्रिय थिए । अभिनय मार्फत फिल्म क्षेत्र प्रवस गरेका भट्टराई सफल फिल्म निर्माताका रुपमा समेत परिचित छन् । कोसेली फिल्ममार्फत अभिनय यात्रा सुरु गरेका उनले चिनो, दुई थोपा आँसु, पुकार, दक्षिणा, मितज्यु, रहर, बलिदान,दौतरी, ठुल्दाई, लक्ष्मण रेखा, साइत, दोमन सम्म अभिनय मात्रै गरे । फिल्म आफ्नो मान्छेमा आइ पुग्दा उनी निर्माता समेत बने । अभिनय, निर्माण र प्रस्तुतिलाई संगसंगै अगाडी बढाउदै आएका उनी अभिनित अन्तिम फिल्म भने डेस्टिनेसन काठमाण्डौ भएको छ । उनको प्रस्तुतिमा रहेको अन्तिम फिल्म यात्रा बन्न पुगेको छ ।
करिव ६महिना अगाडी मात्रै माला लागेर बोर्ड प्रवेस गरेका उनलाई यसै गरि फूलमाला अर्पण गरिदैछ तर पार्थिव शरीरमा । मृत्युको कारण खुलेको छैन । यसको लागि पोस्टमार्टम रिपोर्ट आउन बाकि नै छ । निकिता पौडेलले विवादका कारण राजिनामा दिए संगै खुलेको पदमा आवेदन दिएर भट्टराई अध्यक्ष बने । उनले गर्दै गरेको बिद्युत प्राधिकरणको जागिर छोडेर अध्यक्ष्य बने । पुनः यो पद खालि भएको छ । उनले विभिन्न टेलिसिरियलमा समेत काम गरेका थिए । आफ्नो मान्छे उनको सर्वाधिक चलेको फिल्म मध्ये एक पर्छ । उनका एक छोरा र श्रीमती रहेका छन् ।
अकालमा ज्यान गुमाउन पुगेका भट्टराईको मेरो फिल्मको तर्फबाट आत्माको चिर शान्तिको कामना ।
प्रतिक्रिया