‘हाउडे’ दिपेक्षसंग कलाकार ऋचाको प्रेम र विवाह
कलाकार ऋचा शर्माले यहि मङ्सिर २१गते सनिबार दिपेक्ष राणासंग विवाह गरेकी छन् । राणा ललितपुर स्थित लबीम मलका जेनरल म्यानेजर हुन् । डेढ वर्षबाट प्रेममा रहेका उनीहरुले आफ्नो सम्बन्धलाई गोप्य बनाउने प्रयास गरेका थिए । तर ऋचाले आफुले प्रेम नलुकाएको र पत्रकारले चासो नदेखेको भनेर आरोप लगाएकी छन् । तर पत्रकारको प्रश्नमा उनले पटक पटक मुख मोडेको भिडियो तथा तस्विर यत्रतत्र देख्न सकिन्छ । समय आएपछि बताउछु भनेर कुरा टाल्ने उनले अन्तत विवाहको कार्ड सार्वजनिक गर्दै जानकारी दिइन् ।
शर्माले निर्माण गरेको फिल्म सुनकेशरीको प्रमोसनको क्रममा यी दुईको भेट भएको हो। नकिम उद्दीनले फिल्म प्रमोसन कै लागि मलका म्यानेजरसंग उनको भेटघाट जुराएका थिए । सन् २०१८को मेमा भएको उनीहरुको पहिलो भेट एकदम छोटो थियो । जहाँ फिल्म प्रमोसन कै बिषयमा कुरा भयो ।
सो पछी अनलाइनमा च्याट सुरु भयो र भेटघाट बाक्लिदै गयो र एक अर्कामा नजिकिदै गए पहिलो भेटको २ ३ महिनामा नै यी दुई बीच प्रेम सुरु भएको थियो । र डेट सुरु गरे ।
ऋचाले एक अन्तर्वार्तामा दिपेक्ष हाउडे भएको र सोहि हाउडे दिपेक्षासंग उनी प्रेममा परेको बताएकी छन् । ३२ बर्षीया ऋचा र ३७बर्षका दिपेक्षबीच सामाजिक संजालमा चर्चा भए जस्तो धेरै उमेर अन्तर भने देखिदैन ।
दिपेक्षको मार्च १८मा जन्मदिन पर्छ । सोहि दिन होटल भिभान्तमा एक सरप्राइज पार्टी आयोजना गरिएको थियो । तर अझ सरप्राइज भइन् ऋचा दिपेक्षाको कारण । दिपेक्षले केक नकाट्दै ऋचाको हात समातेर औठी देखाउदै विवाहको प्रस्ताव गरे । र सकारात्मक प्रतिक्रिया पाए संगै औठी लगाइदिए ।
उक्त औठी दिपेक्षकी ४ पुस्ता अगाडीकी हजुरआमाको दिपेक्षका पुर्खा सासन सत्तामा भएको बेलामा बनेको एकसय चौवालीस बर्ष पुरानो हिराको औठी लगाएर उनले ऋचालाई आफ्नो बनाउने बाचा गरे । उनी भावनात्मक भएर आधा घण्टा बाथरुममा गएर औठी हेरी टोलाईन् रे । त्यो क्षण उनलाई लाग्यो रे अब म कसैको घरको हुदै छु र जिन्दगिको अर्को क्षण सुरु भएको उनले अनुभव गरिन् ।
उनीहरुको इन्गेजमेन्ट पनि गोप्य रुपमा नै भयो । बिना कुनै तामझाम र होहल्ला गर्दै उक्त समय फोटो र भिडियो सार्वजनिक नगर्न गरेको आग्रह आगन्तुकले स्वीकारे । र उक्त समारोह गोप्य रहन सफल भयो । दिपेक्षले यस अघि नै आफ्नो परिवार संग कुरा गरे पनि ऋचाले भने उक्त औठी लगाएको तस्विर दिदीलाई पठाउदै बिवाहको लागि तयार रहेको बताईन् । असारमा नै गर्ने भनिएको विवाह लगन नजुरेको कारण र तयारी गर्न समय लाग्ने भन्दै पारिवारिक सहमतिमा पछी सारिएको थियो ।
मेरोफिल्मको तर्फबाट बैवाहिक जीवनको दुवैलाई शुभकामना ।
प्रतिक्रिया