‘मिस्टर दारी’ का २० प्रतियोगी फाइनलमा : भोटिंग सुरु
केहि फरक सोच अनि उदेश्य बोकेर नेपालमा सामाजिक कार्यमा संलग्न भै सामाजिक कार्यमा अग्रज रहेका युवाहरुको समुह ‘दारी ग्याङ्ग’ ले आयोजना गरेको ‘मिस्टर दारी-२०१९’ अन्तिम चरणमा पुगेको छ । यतिबेला ‘मिस्टर दारी २०१९’ का लागि विभिन्न ब्याक्तित्व बिकास लगायत खेल तथा नया नया च्यालेन्जहरु भैरहेको जानकारी दारी ग्याङका एडमिन अभिषेक राजसिंह थापाले दिएका छन् । अडिसन पश्चात देशभरबाट यतिबेला फाईनलमा २० जना पुरुष आईपुगेका छन् । ठन्डर प्रोडक्सनको आयोजनामा भैरहेको मिस्टर दारीका सहभागीहरुलाई “पपुलर च्वाईस अवार्ड”का लागि भोटिङ खुल्ला गरिएको छ ।
भोटको लागि
आफ्नो मोबाईलको प्ले स्टोर वा एप स्टोरमा गएर डिजि पे नामक एप डाउनलोड गरि आफ्नो एकाउन्ट खोल्ने र त्यसपस्चात मिस्टर दारी संगै देखिने “भोट नाउ” मा क्लिक गरेपछि देखिने प्रतिष्पर्धीहरु मध्ये आफ्नो मनपर्ने प्रतिष्पर्धीलाई भोट गर्न सक्नुहुने छ । ” यहि सेप्टेम्बर २८ तारिक राती १२ बजेसम्मको लागि भोटिङ लाईन खुल्ला रहने छ ।
नयाँ कन्सेप्टमा नेपालमा पहिलो पटक ‘मिस्टर दारी २०१९’ हुने भएको हो । अन्य पुरुष सौन्दर्य प्रतियोगिताकै ढाचामा यो शोको आयोजना भएको भएपनी यसभित्रको खुराकहरु भने बिल्कुलै फरक रहेको ‘मिस्टर दारी’ आयोजक ठन्डर प्रोडक्सन टिमको रहेको छ । यस प्रतियोगिताका लागि देशको विभिन्न मुख्य सहरहरूमा अडिसन भएको थियो ।
“मिस्टर दारी”को बिजेताले गौतम होलिडेजबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टुरको ब्यवस्था संगै १ लाख नगद पुरस्कार र पस्मिनाको ब्राण्ड पनि पाउनेछन । यस्तै बिजेताले अन्तरास्ट्रिय शोहरु तथा बलिउडमा पनि अवसरका लागि पठाईने आयोजकले बताएका छन् । सुरुवाती चरणमा हामिले यस्तो कन्सेप्टमा शो आयोजना गर्दै छौ भन्दा हास्ने मान्छेहरू अहिले बिस्तारै “मिस्टर दारी”ले चर्चा बटुल्दै गर्दा धेरै जना सकारात्मक देखिएको आयोजक ग्यांग बताउछन् ।
प्रतिक्रिया