बायोडाटा बोकेर उपासनाको घर पुगेका थिए निर्देशक गुरुङ
कबड्डी सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ का लागि नयाँ सोल्टिनीको रुपमा उपासना सिंह ठकुरी टिममा थपिएकी छन् । उनलाई फिल्ममा भित्र्याउन निर्देशक रामबाबु गुरुङ र टिमले धेरै मेहेनत गर्नु परेको थियो । एउटा मात्रै फिल्म गरेकी उपासनालाई लिनको लागि ब्राण्ड बनिसकेको कबड्डी टिम र सफल निर्देशक गुरुङले बायोडाटा नै पेश गर्नु परेको अनुभव उनले शेयर गरेका छन् ।
जब फिल्मको कथा र अन्य कलाकार फाइनल भयो थपिएको क्यारेक्टरमा उपासनालाई अफर गर्ने कुरा टिममा फाइनल भयो । सोहि अनुरुप गुरुङ उपासनालाई भेट्न निर्देशक सैनिक हेडक्वाटर पुगे । सैनिक ब्याकग्राउण्डको परिवारकी उपासनालाई मनाउन पर्ने बाध्यता कथाले सिर्जना गरेको थियो । र निर्माण टिमले उनको विकल्प सोचेको पनि थिएन । सोहि क्रममा चर्चित निर्देशक गुरुङले उल्टै आफ्नो बायोडाटा उपासनालाइ बताए । तर उनलाई यसमा कुनै आपत्ति भएन । न त दुख नै लाग्यो । किनकी फिल्मको लागि उपासना आवस्यक थिइन् । प्रपोजल लिएर गएको केहि समय पछी मात्रै उनले फिल्मको लागि ‘ओके’ भनिन् । बीचको समयमा उनले कबड्डी टिमको बिषयमा अध्ययन गरेको र दुवै फिल्म हेरेको बताइन् । उपासनाको दिमागमा कबड्डी भन्ना साथ अभिनेता सौगात मल्ल भने बसेको थियो । सौगात उनका बेस्ट हिरो मध्येका एक हुन् । उनको अपेक्षाको बिपरित उक्त फिल्ममा सौगात थिएनन् । त्यहि पनि फिल्मको कथा र टिम हेरेर केहि समय लिएर उनी फिल्ममा आबद्ध भइन् । यसरि हेर्दा फिल्म राम्रो बनाउन सफल व्यक्ति समेत झुकेर नयाँ कलाकार सम्म पुगेका छन् । रामबाबु गुरुङको यस किसिमको महानताका कारण नै फिल्म सफल छन् ।
फिल्मले प्रदर्शनको दोश्रो दिनमा नै बक्सअफिसका सम्पूर्ण रेकर्ड तोड्न सफल भएको छ । यस अघिका दुई फिल्म समेत दर्शकले मन पराएका थिए भने यो फिल्मले २०७६को हाल सम्म प्रदर्शन भएका फिल्म मध्येमा सफल फिल्मको ट्याग पाइसकेको छ । यसको कारणको रुपमा टिम तथा निर्देशकको लोयल्टीलाई समेत लिन सकिन्छ ।
राम बाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डा. सिंह गुरुङ, शिला खनाल, मणि के राई लगायतको अभिनय रहेको छ । बासुरी फ़िल्म्स र सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भएको हो । माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् । फिल्ममा शैलेन्द्र डि. कार्कीको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।
प्रतिक्रिया