राम्रा हुंदा हुंदै पनि किन फिल्म फ्लप हुन्छन् ?
आफ्नो फिल्मलाई कसरी प्रदर्शन गर्दा बढीभन्दा बढी फाईदा पाउन सकिन्छ भनेर कुनै पनि निर्माताले सोचेका हुन्छन् । जब फिल्म सिनेमा घरमा प्रदर्शन हुन्छन् तब उनीहरु छांगाबाट खस्छन् । त्यसपछि केमा कमी भयो भनेर सोंचमा पर्छन् । फुर्सदमा पछुताउछन् । निकै मेहनत गरेर बनाएको आफ्नो फिल्म विभिन्न कारणले राम्रो हुंदाहुदै कसरी कमजोर बन्न पुग्छ । उनीहरुले सोचे जस्तो नहुन सक्छ । भनिन्छ फिल्म बनाउनु भन्दा चलाउनु निकै कठीन कार्य हो । फिल्म चलाउनु पनि धेरै कुराको शिप, कला र ज्ञानको आवश्यक्ता हुनुपर्दछ । सबै कुरा राम्रो हुंदाहुदै कसरी फिल्म पछि पर्छन् जसका कारण फिल्मले राम्रो अवसरबाट आफू गुम्नुपर्ने खतरा हुन्छ । त्यसलाई सुक्ष्म ढंगबाट यहां प्रस्तुत गरिएको छ ।
मार्केटिङ म्यानेजमेन्ट
फिल्मको ब्यापार प्रर्वद्धन मुख्य कुरा हो । मुख्य त बजार ब्यवस्थापन फितलो हुनु फिल्मलाई ठुलो घाटा हो । आफ्नो फिल्म बारे रोड शो, चर्चित टेलिभिजन कार्यक्रम शोमा सहभागीता, मेला महोत्सव र कन्सर्टमा सहभागीता, कलेज भिजिटिङ, टेलिभिजन र युट्युव च्यानलहरुमा जानकारी दिने गरिन्छ । पत्रपत्रिका, अनलाईन, हल एड, होर्डीङ बोर्ड, सामाजिक सञ्जालमा विज्ञापन गर्नुपर्ने अहिलेको अवस्था छ । सबै व्यवस्थापन गर्न यसको लागि छुट्टै ब्यक्तिको आवश्यकता पर्दछ । यो सबै निर्माता आफै गर्न खोज्छन् । परिणाम राम्रो आउंदैन । फेरी निर्माताको सम्पूर्ण लगानी फिल्म निर्माणमा खर्च भैसकेकाले फिल्मको मार्केर्टिङमा भने कमजोर बन्न पुग्छ्न । फिल्म मार्केटिङ निकै महंगो भएकाले यसमा निर्माताहरु पछि हट्ने गर्दछन् । जसका बाबजुद राम्रो चलचित्र बारे दर्शकसम्म बताउन चुक्ने गर्दछन् । यसले फिल्मको कलेक्सनमा अषर पुर्याउंदछ । भरसक चारभागको एक भाग फिल्मको प्रर्वद्धनको लागि छुट्याउनु पर्ने फिल्म क्षेत्रकाहरुले बताउने गरेका छन् ।
ट्रेलरको प्रस्तुति
अहिले कुनै पनि निर्मातालाई आफ्नो फिल्मबारे आम दर्शकलाई जानकारी दिने मुख्य हतियारनै फिल्मको ट्रेलर हो । फिल्मको मोटामोटी विषयवस्तु ट्रेलरमार्फतनै दर्शकसम्म पुग्छ । भरसक ट्रेलरले फिल्मलाई फरक देखाउन सक्नुपर्छ । ट्रेलरले सवै कुरा खोल्नु हुन्न । यस्तो भएमा दर्शकलाई सबै कुरा थाहा हुन्छ । सबै थाहा भएको कुरामा उनिहरुलाई चासो हुंदैन । ट्रेलरमा स्टार भ्यालुलाई पनि जोड्नुसक्नु राम्रो हुन्छ । फिल्मको ट्रेलर आकर्षक तरिकाले प्रस्तुति गर्न सकिएन भने पनि यस्को असर फिल्मलाई नै पर्दछ । यदि ट्रेलर कमजोर भएमा पनि यसले राम्रो फिल्मको बजारलाई क्षती पुग्दछ ।
उपयुक्त रिलिज समय
नेपालमा प्राय चलेका फिल्मले दशै तिहारलाई उपयुक्त रिलिज समय ठान्ने गरेका छन् । त्यसैले यो समयमा फिल्म प्रदर्शन गर्ने गरेका छन् । उक्त समयमा सवै निर्माताले फिल्म प्रदर्शन गर्न भने सक्दैनन् । फिल्म क्षेत्रका ठुलाबढाले त्यो समय ओगटीसकेका हुन्छन् । अन्य निर्मातालाई समय दिईदैन । सबै फिल्मले यस्ताखाले उपयुक्त समय पाउन सक्दैनन् । आफ्नो फिल्म कुन मिति र समयमा रिलिज गर्ने बारे थाहा पाउनु जरुरी हुन्छ । प्राय जसो शुक्रबार शनिवार र सार्वजनिक विदाको समयलाईनै धेरै निर्माताले प्रदर्शन मिति तोक्छन् । यो बाहेक अन्य चाड पर्व र नयां वर्षलाई पनि धेरैले प्रदर्शन मिति तोक्छन् । बेमौसममा रिलिज भएका राम्रा फिल्म दर्शकको नजरबाट टाढा हुन पुग्छ । अषारमा फिल्म रिलिज गरिदा प्राय यो समयमा नेपालीहरु मानो रोपेर मुरी फलाउनका लागि खेतका कान्लाहरुमा भेटिन्छन् ।
एकैसाथ फिल्मको जुधाई
कुनै पनि निर्मातालाई अहिले आफ्नो फिल्म सोलो रिलिज गर्न असम्भवनै छ । यो समयमा संगसंगै फिल्म जुध्ने कारणले नेपाल जस्तो सानो देशमा हल बांडीन्छ । आफ्नो फिल्म पालै पालो प्रदर्शन गर्नु पर्ने हुन्छ । हल बांडीए पछि दर्शक पनि बांडीने नै भयो । आफ्नो फिल्म रिलिज हुंदाको समयमा कस्ता फिल्म छन् सो बारेमा पनि जानकारी राख्नु पर्दछ । अहिले न्युनतम पनि हप्तामा दुई वटा नेपाली फिल्म प्रदर्शनमा हुन्छन् । कुनै बेला तिन वटासम्म हुन्छ्न । यस बाहेक हलीउड र बलीउडका फिल्म पनि हुन्छन् नै । यो अवस्थामा कुनै पनि निर्माताले सोच विचार गरेर वितरकसंग सल्लाह गरेर प्रदर्शन समय हेरफेर गर्नु पनि बुद्धिमता ठहर्दछ । अन्यथा फिल्म जुधाईका कारण राम्रो फिल्म हेर्नबाट दर्शक गुम्ने गर्दछ ।
अफ शो राजनिती
विहानी शो भन्दा दिउंसोको शोमा बढी दर्शक हुने मानिन्छ । फिल्म राम्रो चल्न शोले पनि फरक पार्दछ । तंपाईको राम्रो फिल्मलाई विहानी शो दिइएको छ भने उक्त समयमा दर्शक पाउन गाह्रो हुन्छ । दिउंसोको शो संगै बेलुकी शोले भने दर्शक पाउने गर्दछ । हलले दिएको कम शो र अफ शो पाउने कारणले पनि फिल्मको कलेक्सनमा अषर पर्दछ । ठुला हल नेटवर्कहरुले नयां निर्माताहरुलाई शो दिएजस्तो त गर्छन् तर अफ शोमा शो दिएका हुन्छन् । एक दिनमा कति शो पायो, कुन उपयुक्त समयमा शो पायो यसले पनि फिल्मको ब्यापारमा अषर गर्दछ । यसमा हल नेटवर्क वालाहरुको राजनिति चल्दछ । शो नदिएको भन्दा दिएको जस्तो गर्छन् तर अफ शो दिएर राजनिति गर्छन् । अफ शो जसमा दर्शक आउंदैनन् । भनाई छ गा्रहकले पसल कुरेर बस्दैन । फेरी आफ्नो चलचित्र शो समय नमिल्दा दर्शक अर्को फिल्म हेर्न जान्छन् । बढी शो पाउनुसक्नु र दिउंसोका राम्रो शो पाउनु राम्रो हुन्छ । तर यसमा हल नेटवर्कवालाहरुले राजनिति गर्ने गर्दछन् । अफ शो दिएर हलमा दर्शक नआएको भन्दै हल नेटवर्कवाला अर्को फिल्म प्रदर्शन गर्न हतारिन्छन् ।
वर्ड अफ माउथ
दर्शकले फिल्मका बारेमा के भन्छन् यो पनि महत्वपूर्ण हो । अहिलेको समयमा यो एकदमै घातक पनि हुन्छ । सामाजिक सञ्जाल फेसबुक र ट्विटरले एकैछिन्मा फिल्मका नकरात्मक कुरा भाइरल गर्दिन सक्छ । युट्युवमा पनि उनिहरुको नेगेटीभ कमेन्टले फिल्मबारे नकरात्मकता छर्न सक्छ । सकरात्मक कमेन्टले संधै फिल्मलाई बचाउन नसक्ला तर नेगेटिभ कमेन्टले फिल्मलाई फल्प बनाउंदछ । आफ्नो चलचित्रबारे प्रिमियर शो अर्थात पहिलो शोमा आमन्त्रित दर्शक र फिल्म क्षेत्रका दिग्गजबाट राम्रो कमेन्टको आशा राख्नुपर्दछ । जसका कारण फिल्मको सकरात्मक कुराहरु अरु दर्शकसम्म पुग्नेछ । फिल्मलाई ब्यापक बनाउन वर्ड अफ माउथ एकदमै महत्वपूर्ण हुन्छ । यसलाई निकै ख्याल गर्नु पर्दछ । त्यसैले पनि फिल्मबारे भरसक नेगेटिभ कमेन्टबाट बच्न सुरुमै आफ्नो फिल्मलाई बलीयो बनाउनु पर्दछ ।
वितरकको असहयोग
कुनै पनि फिल्मलाई धेरै भन्दा धेरै हलहरुमा प्रदर्शन गर्न वितरकको मुख्य भूमिका हुन्छ । तर वितरकले फिल्मलाई समय दिएनन् भने फिल्मले कममात्र हल संख्या पाउंछ । जसका कारण कम हल संख्या भएपछि कम दर्शक मात्र हुन्छन् । दुख गरेर बनाएको आफ्नो फिल्म सबै हलमा लागोस् भन्ने चाहना सबै निर्माता निर्देशकलाई हुन्छ । तर वितरकको असहयोगका कारण राम्रा फिल्म पछि पर्ने गर्दछन् । यसबारे वितरक भने राम्रो फिल्म भए हलले आफै शो थप्छन् भन्दै निर्माताबाट पन्छिने गर्दछन् । मुख्यत नेपालमा विश्वसनीय खालका वितरक भेट्न मुश्किल छ । उनीहरुले निर्माताबाट फिल्म प्रदर्शन गर्ने जिम्मेवारी लिईसकेपछि निर्मातासंग के कस्ता कार्यमा कार्यगत एकता गर्नुपर्ने त्यो जिम्मेवारी बाट पन्छिने गरेका छन् । वितरकको असहयोगका कारण पनि चलचित्र पछी पर्ने गर्दछ । कुनै वितरकले त एकै समयमा एकबढी फिल्मको वितरणको जिम्मा लिने गरेका छन् ।
फिल्मको नाम र कलाकार
यसले फिल्म चल्ने नचल्ने भन्ने खासै त्यस्तो मापन गर्ने त होइन तर पनि कहिले काही दर्शक फिल्मको नामले पनि भाग्न सक्छन् । फिल्म को कन्टेन्ट राम्रो तर नाम भने झुर भएमा दर्शक टाढिनसक्छ । भरसक सबैको मुखमा झुन्डीने खालको सरल, अर्थपूर्ण र आकर्षक नाम हुंदा राम्रो हुन्छ । यो कार्य फिल्मका निर्माता र निर्देशकले प्रिप्रोडक्शन काममै यसको सहि निर्णय लिनुपर्दछ । भारतमा विशाल भारद्धाजको फिल्मको नाम थियो मटरु की विजली का मन्डोला । दर्शकहरु कस्तो खालको नाम भन्दै उक्त फिल्मलाई तिरस्कृत गरेका थिए । फिल्मको नाम पनि मुख्य कुरा हो । नेपालमा पनि नामका कारण धेरै फिल्म दर्शकले हेर्ने मुड तुरुन्त चेन्ज गर्ने गरेका छन् । नाम राम्रो भएकालेनै अहिले नेपालमा फिल्मको सिक्वेल धमाधम बनिरहेको यस्को उदाहरण हो । यस बाहेक फिल्मका कलाकारले पनि प्रयाप्त समय दिनुपर्दछ । अन्य फिल्मलाई जसरी समय दिईन्छ त्यसरीनै आफ्नो सबै चलचित्रलाई साथ सहयोग दिनुपर्दछ । मैले फिल्म खेलीहाले पैसा पाईसके भनेर पन्छिन् हुन्न । आफ्नो फिल्मबारे आफ्ना फ्यानहरुलाई जानकारी दिनुपर्दछ । यदि कलाकारले आफ्नो फिल्मबारे फ्यानहरुलाई जानकारी नदिए राम्रो फिल्मलाई अषर पुग्दछ ।
भाग्य
भाग्यमा छ भन्दैमा डोकोमा दुध कहां अडिन्छ भन्ने उखान छ । तर फिल्ममा भने भाग्यले पनि साथ दिनुपर्छ । भुकम्प आउने जाने कुरा कसलाई थाहा हुन्छ र । प्राकृतिक प्रकोप भुकम्पको समयमा रिलिज भएका सबै फिल्मले राम्रो व्यापार गर्न सकेनन् । कुनै बेला राम्रो चलिरहेको फिल्म प्रतिकुल मौसमको कारण हलसम्म दर्शक जान सक्दैनन् । भोलीदेखी फिल्म रिलिज छ आजबाट मुसलधारे पानी पर्न सुरु गर्यो भने यसले फिल्मको बजारलाई नराम्रो प्रभाव पार्दछ । आफ्नो फिल्म रिलिजको समयमा बन्द हडताल पर्यो भने झन तनाब हुन्छ । राम्रो कलेक्सन गर्ने हलीउड र बलीउड सिनेमा नेपालमा प्रदर्शन नभएको दिन भए झनै राम्रो । आफ्नो फिल्मको कन्टेन्ट अनुसारको माहोल बनेमा पनि राम्रै हुन्छ । यस बाहेक सोलो रिलिज गर्न पाउनु पनि भाग्यको खेलमै पर्ने गर्छ । यस्तो कृपा भने भगवानले कमै भाग्यमानी निर्मातालाई मात्र दिन्छन् ।
रहल पहल
निर्माताहरु धेरैभन्दा धेरै फिल्म हलहरुमा आफ्नो चलचित्र लागोस् भन्ने चाहन्छन् । एउटा शहरमा धेरै हल भएको खण्डमा दर्शक बांडीने गर्दछन् । तर अहिले निर्माताहरु एउटै शहरमा सबै हलमा चलचित्र शो राख्नुभन्दा वितरकले एउटामात्र हलमा चलचित्र प्रदर्शन गर्न दिदा दर्शकको चाप र फिल्मको क्रेज देखीने बताउंदै आएका छन् । जसले गर्दा हलवाला विचमा जिम्मेवारी बढ्ने बताईन्छ ।
प्रतिक्रिया