सामाजिक संजालमा सेलिब्रेटी ‘चटक’ : सुरक्षाको खतरा
अघिल्लो बर्षको तुलनामा यस वर्ष धेरै कम संख्यामा फिल्म बनेका छन् । फिल्म कम बने संगै अधिकांश कलाकार तथा फिल्मकर्मी काम बिहिन जस्तै बनेका छन् । हलमा आएका फिल्म पनि खासै नचले पछि फिल्म निर्माणमा निर्माता पछि हट्न थालेका हुन् ।
यसैको असर हुनु पर्छ, फिल्मकर्मी फेसबुकमा लाइभ र टिकटकमा अभिनय गर्दै बसेका । अझ अहिले थपिएको छ आफुलाई बृद्ध देखाउने लहर। कहिले काहीं कार्य व्यस्तताका कारण खान सम्म नभ्याउने कलाकर्मी अहिले भने एप नै इन्स्टल गरेर आफ्नो बृद्ध अवस्था हेरी रमाउदै छन् । आफैमा रमाएका मात्रै कहाँ हुन् र ! उनीहरु त एक अर्कालाई देखाउनमा पनि ब्यस्त छन् । सामाजिक संजाल छदैछ जति पोस्ट गरे पनि । अनी हेर्ने बेरोजगार दर्शकको पनि कमि छैन । यहि भएर होला हिजोबाट उनीहरुले खेति नै पाएका छन् ।
फेस एपको प्रयोग गरि आफुलाई बृद्ध बनाउदै गर्दा उनीहरुले गोपनियताको बिषयलाई त्यति ध्यान दिएका छैनन् । यस अघि पनि विभिन्न एप प्रयोगकर्ताको डाटा चोरी भएको थियो । फेरी उनीहरु त सेलिब्रेटी । सानो भन्दा सानो व्यक्तिगत साथै नराम्रो बिषयले करियर नै खतम बनाउन सक्छ । तर यस तर्फ उनीहरुको ध्यान गएको देखिदैन ।
यसरी एप प्रयोग गरि आफुलाई बृद्ध देखाउनेहरुमा निर्देशक दिवाकर भट्टराई, छक्का पन्जा टिमका दीपक राज गीरी, दीपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे, नायक प्रदीप खड्का, आयुष्मान जोशी, आमेश भण्डारी, सलोन बस्नेत, परमिता आर एल राणा, निर्देशक सुदर्शन थापा लगायत रहेका छन् । साथै भारतीय क्रिकेटर विराट कोहली र कलाकार अर्जुन कपुरले समेत आफुलाई बृद्ध देखाउने तस्विर सेयर गरेका छन् । आफुले एप प्रयोग गरि तस्विर समेत सार्वजनिक गरेका हास्यकलाकार मनोज गजुरेलले ‘ कलाकारहरुमा ‘फेसएप’ आतङ्क – ‘म त बित्छु कि क्या हो !’ भन्दै एक ब्लग नै लेखेका छन् । जसले कलाकार लगायत सम्पूर्ण प्रयोगकर्तालाई सचेत हुन आग्रह गरेको छ ।
फेस एप सन २०१७ फेव्रुअरी १४ मा गुगल स्टोरमा राखिएको थियो भने एप्पल स्टोरमा जनवरीबाटै राखिएको थियो । तर त्यो समय ‘सेलिब्रेटी’ हरूले प्रयोग नगरेको कारण चर्चा खासै भएन । यसपटक भने केही सेलिब्रेटीहरूले यो एप प्रयोग गरेपछि गुगलको प्ले स्टोर र आइफोनको एप स्टोरबाट डाउनलोड गर्नेको संख्या ह्रवात्तै बढेको छ ।
यसै पनि कलाकार युटुवको भ्युज, कमेन्ट र अन्तर्वार्तामा नै रमाए भनिरहेको बेला यसरी एउटा एपमा समय बिताउनुले काम प्रति लगनशीलताको कमि भनेर बुझ्ने कि काम नपाए पछि खालि समयको सदुपयोग ? फेरी यस किसिमका एपहरु सुरक्षित नहुने बैज्ञानिकहरुले बताउदै आएका छन् ।
प्रतिक्रिया