राष्ट्रपति कार्यलयमा अवार्ड हुँदा विवाद किन ?
अभिनेत्री करिश्मा मानन्धरले लेखेको स्टाटसमा के छ भने, एकादेशको कथा । पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउथे । घर गएर नाच्न विल्कुलै स्विकार्य छैन । बाहिर आउनुहोस् तपाई हाम्रो आमा हो । हामी तपाइको लागि ज्यान दिन्छौ ।
करिश्माले यो स्टाटस राष्ट्रपति विद्यादेवी भण्डारीलाई लेखेकी हुन् । राष्ट्रपतिको भवन शित्तल निवासमा राष्ट्रिय चलचित्र पुरस्कार आयोजना भएको करिश्मालाई मन परेन । करिश्माले राष्ट्रपतिलाई शित्तल निवासबाट बाहिर आउन आग्रह गरिन् ।
राष्ट्रपति कार्यलयमा अगाडि पनि अवार्ड भएको थियो । राष्ट्रपति भवन राष्ट्रपतिको निजी निवास होइन । यो सरकारी निवास हो । यसैले राष्ट्रपति कार्यलय भित्र अवार्ड हुनु नराम्रो होइन ।
भारतमा पनि राष्ट्रिय अवार्ड हुन्छ । यो राष्ट्रिय अवार्डमा बलिउडका चर्चित कलाकार राष्ट्रपति कार्यलयमा पुगेर अवार्ड थाप्छन् । राष्ट्रपतिको नीजि निवासमा अवार्ड गरेर कलाकार नचाउनु भएन । तर, राष्ट्रपतिको सरकारी कार्यलयमा प्रवेश गर्नु कलाकारका लागि गर्वको कुरा होइन र ?
तर, राष्ट्रपतिको सरकारी निवासमा कलाकारलाई नचाउनु राम्रो काम होइन । यो बिषयमा चलचित्र विकास बोर्डले अब सोच्ला ?
विकास बोर्डका अध्यक्ष केशव भट्टराइले राष्ट्रपति भवन भित्रको हल सानो भएर सबैलाई ओगट्न नपाउँदा दुख लागेको भनेर भनेका छन् । उनले अब राष्ट्रपतिको समय लिएर राजधानीकै ठूलो हलमा कार्यक्रम गर्ने भनेका छन् ।
अवार्ड विवादको अर्को चुरो, सेटिङको । अभिनेत्री नीता ढुंगानाले राष्ट्रपतिको हातबाट बाडिएको अवार्ड सेटिङले पाएको भनिन् । नीताले अभिनय गरेको पञ्चायत अवार्ड नपाउँदा उनले सेटिङ भनिदिइन् । नीतालाइ स्मरण छ कि छैन, उनले मसान फिल्मबाट राष्ट्रिय अवार्ड पाइसकेकी छिन् । राम्रो फिल्म बनाउन पर्दैन, सेटिङ गरे पुग्छ भनेर राष्ट्रिय चलचित्र पुरस्कार जितेकी हिरोइनले भनेकी छिन् ।
नीताले अवार्ड पाएको बेला सेटिङ भएको थियो कि थिएन होला ? नीताले अवार्ड सेटिङमा पाइन्छ, राम्रो फिल्म बनाउन पर्दैन भनेपछि यही वुझ्दा भयो दर्शकले ।
चलचित्र विकास बोर्डले अवार्ड गरेको छ । ३ बर्षपछि अवार्ड भएको छ । रोकिएर बसेको अवार्ड गर्न सफल भएको छ विकास बोर्ड । राष्ट्रिय चलचित्र अवार्ड पाउँदा कलाकारमा खुशी मिलेको छ । कमीकमजोरी भएका छन् । विकास बोर्डले गरेको अवार्ड दुधले धोएको भन्न मिल्दैन । तर, अवार्ड नै खारेज हुन सक्छ, यो विरोधले ।
आफूले पाउँदा सेटिङ नहुने, अरुले पाउँदा सुटिङ हुने भन्ने प्रवृत्तीले हामीलाई कहाँ लग्छ ? विरोधका लागि विरोध मात्र किन ? अरुको कामको सम्मान गर्न नसिक्ने ? कमी भए सल्लाहा दिनपर्छ । तर, रोइलो गरेर आफ्नो क्षेत्रकै अरुको अस्तित्व स्विकार नगर्ने बानी कहिले त्याग्ने ?
प्रतिक्रिया