चित्त बुझाउन छवीजीको फेसबुक हेरे ब्लक गर्नुभएछ : मैले डिभोर्स फाईल गरीसके

नायिका शिल्पा पोखरेलले निर्माता श्रीमान छविराज ओझा बिरुद्ध सम्बन्धबिच्छेदका लागि जिल्ला अदालत काठमान्डौमा निवेदन दिएकी छन् । सम्बन्ध बिच्छेदको प्रक्रिया अगाडी बडाए संगै उनी मिडियामा आएकी छन् ।उनले न्युज फिल्मी युटुव च्यानल मार्फत आफुले छवीबाट पाएको यातनाको बारेमा मुख खोलेकी छन् ।
कानको समस्याको विषयमा बोल्दै उनले केहि दिनमा ठिक हुने र केहि दिन ठुलो आवाजको नजिक नजान डाक्टरले सुझाव दिएको बताइन्। घटनाको ४, ५ दिन सम्म गाला सुन्निएको थियो र उनले छवीलाइ नै थाहा थिएन कि मेरो कान सम्म हात पुग्छ भन्ने’ भनिन् । छविलाई माफी दिने नदिने विषयमा उनले आफुले ३ बर्षबाट दिदै आएको भनिन्। अन्तिम समयमा घाटी थिच्दा सबै सकिएको झैँ लाग्यो पन्छाउन नसकेर खुट्टाले पन्छाएर भागेको र यस अघि पनि घटी थिच्ने र यो पटक थिचेर छोडेनन् ।
 
 
विवाहको एक महिना राम्रै भयो । त्यो पछी कति आरोप लगाउनु भयो । शब्द पिटेको भन्दा नराम्रो थियो। ‘त …. दिउसै रंगरालिया मनाएर हिड्ने आइमाई’ यस्तो धेरै पटक भन्नु भयो । कपाल समात्ने झ्याम्म हान्ने त धेरै सहेको छु ।

जो संग काम गर्यो त्यहि हिरो संग लागिस भन्नु हुन्थ्यो । लज्जाको समय आर्यन शिग्देल प्ले ब्वाई हो भन्नु हुन्थ्यो । हो कि भनेर म टाढा बस्थे म राम्रो संग बोल्न पाउदैन थिए । हवल्दार सुन्तलीको समयमा सविन श्रेष्ठ जीलाइ पनि त्यस्तै भन्नु हुन्थ्यो । फागु फिल्मको बेलामा सुवाषलाइ आउ भनेर बोलाउदा ‘तेरो त्यो को हो तेरो त्यो संग लभ परिसक्यो’ भन्नु भयो। मैले हरेक फिल्मको डिल गर्दा वहाको अफिसमा बोलाएर वाहालाई सोधेर गर्थे । त्यसरी काम गर्दा पनि शंका गर्ने । मलाइ पुष्पसंग डाइरेक भन्नु भएन तर किन उसलाई सपोर्ट गर्छेस भन्नु भयो । बानि परेको थियो र वास्ता गरिन ।

पैसाको लागि विवाह गरेको विवादमा उनले बिराटनगरको धनाड्य बाबुको छोरी भएको र छवीको कुनै आश गर्न नपर्ने बताइन् । आफु सम्पन्न व्यक्ति हो भन्दै गर्दा अन्त्यमा उनले कानुन बमोजिम पाउने सम्पति लिने कुरा बताईन् ।

बुढो मान्छेको कुरामा उनले आफुलाई पहिलो श्रीमती र उनका छोराहरुको विषयमा विवाहको एक महिना पछि मात्रै थाहा पाएको हो । तसर्थ पहिलो गीतान्जली सुनुवार र दोश्रो रेखा थापा हो थाहा थियो मलाई । पहिला भ्रममा राखियो । अर्को केटासंग लागेको र डिप्रेसनमा गएर वहाँले गीतान्जलीले आत्महत्या गरेको भन्नु भएको थियो । तर वहाको बारेमा अहिले रेखा दिदीबाट थाहा पाए कि कुरा अर्कै रहेछ । रेखा दिदीले गीतान्जली दिदीको चिट्ठी पढेको र आत्महत्या भएको माथि नै शंका रहेको भन्नु भयो। मलाई टेकुमा उजुरी दिएको दिन रेखा दिदी भेट्न आउनु भएको थियो सानो समस्या हो भने मिल भन्न । तर मेरो कुरा सुनेर यो मान्छे कहिले नसुध्रिने रहेछ भनेर फर्किनु भयो । रेखा दिदीको छविजी प्रतिको दोधारे कुराले म झुकीए । एउटा अन्तर्वार्तामा एकदम सकारात्मक कुरा गर्ने वहा अर्कोमा एकदम नकारात्मक’ । छवी एकोहोरो हुदा हुदै पनि दस वटा हिरो संग हिडेर रेखाले धोका दिईन भन्दै नमस्ते नेपालमा आउने धेरैले भने ।


छवीजीको विवाह नगर्ने निर्णय ठिक हो जस्तो लाग्छ । किनकी गितान्जली दिदीले वहाको कारणले आत्महत्या गरेको हो वहासंग बस्दा बस्दै नमस्ते नेपालमा नै आत्महत्या गरेको हो । प्रकाश पुरी आएर उजुरी फिर्ता लिनुस् नत्र तपाइको करियर खराव हुन्छ भन्नु भयो । छवीजीले मलाइ बारम्बार ‘मैले एउटालाई मारे मलाइ अर्को मार्न गाह्रो छैन’ भन्नु भएको छ । यस अघिको झगडामा विकास दाइ र सम्झना दिदिले फर्काउनु भयो ।विवाह नगर भन्दा भन्दै म आफैले गरेको । रेखा दिदीलाइ सम्झना दिदीले पहिले सहयोग गरेकोले छवीजीले वहाँलाइ राम्रो मानु हुन्थेन। २ दिन राम्रो भयो तर फेरी उस्तै । म अब जान सक्दिन । मिल भन्नेलाइ म त्यहि भन्छु ।
मिडियामा मलाइ छाविजीले धेरै आरोप लगाउनु भएको छ। म खान बनाएर खुवाउथे । थोरै जनाको समर्थन छ मलाइ, तर म त्यसैमा खुसी छु ।३ बर्ष चुप लागे त अब म मर्नु ? धेरै गारो भएर पुलिसकोमा गाए । मेरो इज्जतको ख्याल गरेर ३ बर्ष चुप बसे ।३ बर्ष बसेको मान्छेको माया लाग्दैन र? मेरो आमा बाबु भन्दा माथि राखेको मेरी श्रीमान मलाइ मार्नुहुन्छ सोचेको थिइन । फोन आउछ की भनेर मैले पर्खे । के गर्नुहुदै छ भनेर फोटो हेरी चित्त बुझाउन फेसबुकमा खोजे । ब्लक पो गर्नु भएछ । फोन गरेर केयर गर्नुहुन्छ भनेको त ब्लक पो गर्नु भएछ । मेरो पिडा कसैले बुझेन । कानुनले श्रीमतीको हैसियतले जे दिन्छ म स्वीकार्छु । म त्यो घरमा फर्केर जादिन ।
भिडियो :