अवार्डबाट कोही खुशी, कोही दुःखी

राष्ट्रपतिको हातबाट अवार्ड पाउँदा खुशी नहुने को छ ? यसमाथि कलाकार तालीका भोका हुन्छन् । भोका कलाकार देशले नै सम्मान गर्दा खुशी हुन्छन् । देशले कलाकारलाई सम्मान गर्दा सम्मानको  सार्थकता रहन पर्ला कि नपर्ला ? कि देशले दिएको अवार्ड पनि अरु अवार्ड कार्यक्रममा दिएको जस्तै गरि दिने हो ? राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट वितरण भएको राष्ट्रिय चलचित्र अवार्ड पाउँदा दुखी हुने र खुशी हुनेको संख्या उस्तै छ । फेसबुकमा आक्रोश पोख्ने पनि उत्तिकै छन्, अवार्ड पाए भनेर फोटो राखेर खुशी बाड्ने पनि उत्तीकै छन् ।

दीपाश्री निरौलाको निर्देशन रहेको छक्का पन्जा र छक्का पन्जा ३ ले अवार्ड त पायो तर विशेष । छक्का पन्जालाइ फिल्मको व्यापार प्रवद्र्धनको अवार्ड दिइयो । छक्का पन्जा ३ लाई फिल्मको व्यापार, विस्तार र प्रवद्र्धन सम्मान प्रदान गरिएको थियो ।यो पहिलो पटक थप गरिएको अवार्ड हो । यो अवार्ड प्राप्त गरेपछि निर्देशक दीपाश्री निरौलाले आफूहरुले १  अर्बको अवार्ड पाएको भन्दै खुशी प्रस्तुत गरेकी छिन् । दीपाश्रीले अवार्ड पाउनु भन्दा पनि आफूहरुलाई जुन तरिकाले अवार्ड दिएको हो, त्यसमा नै खुशी लागेको बताइन् । दीपाले अवार्डको हकदार दर्शक नै भएको बताइन् ।

उनले पपुलर अवार्ड भनेको अरु अवार्डको आमा भनिन् । अरु अवार्ड पाउन भन्दा पपुलर अवार्ड पाउनु अरुको आमा भएको दीपाश्रीले भन्दै खुशी व्यक्त गरिन् ।

खुशी उत्कृष्ट अभिनेत्रीको अवार्ड  पाउने वेनिशा हमाल, स्वस्तिमा खड्का, हिरो विपिन कार्की, पुष्प खड्काको पनि छ ।

अवार्ड नपाउँदा दुखी हुने र आलोचना गर्ने पनि छन् । नीता ढुंगानाले सेटिङ मिलाएर काम गरे राम्रो फिल्म बनाउनै नपर्ने लेखिन् । उनले राम्रो फिल्मले अवार्ड नपाउने तर मिलाएर खेल खेल्नेले अवार्ड पाउने लेखिन् ।

जात्राका निर्माता रविन्द्र सिंह बाँनियाको आरोप पनि छ । उनले पनि फिल्मको अवार्ड त चलखेल नै भएको भने । राम्रो फिल्मलाई अवार्ड नदिएको चलचित्र अवार्ड नभएर चलखेल अवार्ड भएको उनले लेखे । आक्रोश सबैतिर छ ।

पाउनेहरु दर्शकलाई अवार्ड समर्पित गरिरहेका छन् । नपाउनेहरु अवार्ड नपाएर विरोध गरिरहेका छन् । अवार्डमा यो रोग जहिले हुन्छ । चलचित्र विकास बोर्डले वितरण गर्ने अवार्ड यसरी विरोधमा आउनु राम्रो होइन । अवार्ड पाउनेले खुशी हुनु, नपाउनेले दुखी हुनु स्वभाविक हो ।

तर, अवार्ड दिदा लायक थियो या थिएन भन्ने चै हुनुपर्छ । चलचित्र विकास बोर्डले वितरण गरेको अवार्डमा देखिएको विवादले यसको विश्वसनयितामा दाग लाग्यो भने समस्या पर्ने हो । केशव भट्टराई र उनको टिम यसमा सजग हुन आवश्यक छ ।