शितल निवासको शौचालयमा आराम गर्दै अभिनेता सरोज खनाल
नेपाल सरकार सुचना तथा संचार प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्डको आयोजनामा ३ वर्षबाट स्थाकित रहेको रास्ट्रीय चलचित्र पुरस्कार तथा दिर्घ साधना सम्मान वितरण समारोह शुक्रबारसितल निवासमा सम्पन्न भयो । सम्मान तथा पुरस्कारको साथमा विगत देखि बर्तमान सम्मका कलाकार राखेर १२ मिनेटको प्रस्तुति देखाइएको थियो । जसमा एक सहभागी थिए सरोज खनाल । उनी अवार्ड समारोहको व्यवस्थापन प्रति असन्तुस्ट रहेको देखियो।
केहि कलाकार अवार्ड प्रति असहमति जनाउदै कार्यक्रममा सहभागी भएनन् । त्यस मध्ये एक थिइन्, अभिनेत्री करिश्मा मानन्धर । उनले फेसबुकमा एक स्ट्याटस सेयर गर्दै लेखिन्,’एकादेशको कथा ,पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउथे ! घर गएर नाच्न बिल्कुलै स्वीकार्य छैन । बाहिर आउनुस तपाईं हाम्रो आमा हो । हामी तपाईंकोलागि ज्यान दिन्छौं ।’
सोही भनाइ प्रति सहमत हुदै खनालले बस्ने स्थान समेत नभएर शौचालयमा आराम गर्नु परेको बताएका छन् । उनले लेखेका छन्, ‘म तपाइँको भनाइ प्रति सहमत छु । नृत्य गुरुको कुरा काट्न नसक्दा म सहभागी भएँ । तर यो ठाउँमा मेरो पहिलो र अन्तिम सहभागिता हो’ साथै उनले थपे,’ सम्मानित हुने र सम्मान गर्ने त सोफामा बिराजमान थिए तर हामी पफर्मर करिब ३५ जनालाई ८ बाइ १० को कोठामा कोचेर राखे। म चाहिँ ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसे ….के गरु आफ्नै क्षेत्रको दुर्दशा पब्लिकलाई देखाएर आफ्नै बेइज्जत हुन्छ र सेयर गरिन । तर “मनको बह कसैलाई कह ” भन्छन तेसैले आइ सेयर विथ यु ।’
प्रतिक्रिया