झरीमा यसरी बाँडियो राष्ट्रिय अवार्ड (नामावली सहित)


बिहीबार बेलुकीदेखि लगातार परेको पानीको अवरोध छिचोल्दै चलचित्र विकास बोर्डले तीन सालदेखि रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण गरेको छ । राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७३, २०७४ र २०७५ सालमा विभिन्न विधाका विजेता फिल्मकर्मीलाई पुरस्कार हस्तान्तरण गरिन् । पुरस्कार वितरण समारोहमा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले फिल्म कला संस्कृति संरक्षणको महत्वपूर्ण माध्यम भएको बताउँदै नेपाली फिल्मले विश्व फिल्म जगतमा पनि दमदार उपस्थित जनाउने अपेक्षा व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्षले तीन महिनाको अवधिमा तीन सालको अवार्ड बाँड्नु चुनौतीपूर्ण रहे पनि सबैको सहयोगले सम्भव भएको बताए । उनले फेरि पनि चलचित्र क्षेत्रले चाहेजस्तो सपार्न नसके पनि नबिगार्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा यो सालबाट विजेतालाई नगद पुरस्कार पनि प्रदान गरिन थालेको थियो । सम्पूर्ण विधाका विजेताले २५ हजार नगद प्राप्त गरेका थिए । दीर्घ साधना सम्मानबाट सम्मानित हुनुहुने वरिष्ठ चलचित्रकर्मीहरु– २०७३– सुभद्रा अधिकारी, २०७४– किशोर राना मगर र २०७५–तुलसी घिमिरेलाई जनही रु. ३५१,१११।–

(तीन लाख एकाउन्न हजार एक सय एघार रुपैयाँ नगद राशी, ताम्रपत्र तथा दोसल्ला ओढाई सम्मानित गरियो । कार्यक्रममा तीन वर्षका जुरी सदस्य टोलीलाई प्रमाणपत्रबाट सम्मान गरियो ।

कार्यक्रमको शुरुवातमा नेपाली फिल्मको विभिन्न कालखण्डका उत्कृष्ट गीतहरुमा आधारित रहेर तयार पारिएको नृत्य प्रस्तुति गरिएको थियो । यस प्रस्तुतिमा विगतदेखि वर्तमानसम्मका कलाकारहरुको संलग्नता रहेको थियो । यस नृत्यको संयोजन तथा निर्देशन वरिष्ठ नृत्य निर्देशकहरु– बसन्त श्रेष्ठ, राजु शाह, कमल राई, गोविन्त प्रभात, कविराज गहतराज, दिपेन्द्र तिमल्सिनाले गरेका थिए । बसन्त श्रेष्ठको नेतृत्वमा कोरियोग्राफी गरिएका गीतहरुमा गौरी मल्ल, सरोज खनाल, दीलिप रायमाझी, रमेश उप्रेति, रेजिना उप्रेति, यशराज गराच, छुल्ठिम गुरुङ, पवित्रा आचार्य, जयकिसन बस्नेत आदि कलाकारले नृत्य गरेका थिए ।

तीनसालको राष्ट्रिय पुरस्कार तथा दीर्घ साधना सम्मान प्राप्त गर्ने फिल्मकर्मीको नाम यसप्रकार रहेको छ ।

२०७५ सालका विजेता
उत्कृष्ट फिल्म : गोपी
उत्कृष्ट निर्देशन : विनोद पौडेल (बुलबुल)
अभिनेता : बिपिन कार्की (प्रसाद)
अभिनेत्री : स्वस्तिमा खड्का (बुलबुल)
लेखन : दीपेन्द्र लामा (गोपी, कथा)
लेखन : सामीप्यराज तिमल्सेना –(गोपी, पटकथा÷ संवाद)
छायांकन : सञ्जय लामा (समर लभ)
सम्पादन : निमेष श्रेष्ठ ( साइँली)
जुरी अवार्ड : शिल्पा कर्ण (भोर)
जुरी अवार्ड : आमा सरस्वती मुभिज
दीर्घसाधना सम्मान : तुलसी घिमिरे
जुरी सदस्य : नीर शाह, गौरी मल्ल, दिनेश डिसी, धु्रव लम्साल, केशव सुवेदी

२०७४ सालका विजेता
उत्कृष्ट फिल्म : ब्लाइन्ड रक्स
निर्देशन : मिलन चाम्स (ब्लाइन्ड रक्स)
अभिनेता : पुष्प खड्का (मंगलम्)
अभिनेत्री : बेनिशा हमाल (ब्लाइन्ड रक्स)
लेखन : खगेन्द्र लामिछाने (धनपति)
छायांकन : पुरुषोत्तम प्रधान (कृ)
सम्पादन : मित्र गुरुङ (मंगलम्)
जुरी अवार्ड : मिथिला शर्मा (मंगलम्)
जुरी अवार्ड : रमेश रञ्जन झा (शत्रु गते)
दीर्घ साधनासम्मान : किशोर राना मगर
जुरी : लक्ष्मीनाथ शर्मा, सुचित्रा श्रेष्ठ, सबनम मुखिया, फूलमान बल, विष्णु सुवेदी

२०७३ सालका विजेता
उत्कृष्ट फिल्म : कालोपोथी
उत्कृष्ट निर्देशक : दीपक रौनियार
अभिनेता : बिपिन कार्की (जात्रा)
अभिनेत्री : सृजना सुब्बा (डाइङ क्यान्डल)
लेखन : मिन भाम , अविनाश बिक्रम शाह (कालोपोथी)
छायांकन : शिवराम श्रेष्ठ (लभ सासा)
सम्पादन : मित्र गुरुङ (जात्रा)
पपुलर फिल्म : छक्का पञ्जा
दीर्घसाधना सम्मान : सुभद्रा अधिकारी
जुरी : रमेश बुढाथोकी, केशव भट्टराई, रुपा राना, विनोद पौडेल, सामीप्यराज तिमल्सेना

उत्कृष्ट निर्देशन ः विनोद पौडेल (बुलबुल)

जुरी अवार्ड ः शिल्पा कर्ण (भोर)
जुरी अवार्ड ः आमा सरस्वती मुभिज