हिरोइनको लोकप्रियता पारिश्रमिकमा कि अभिनयमा ?
स्वस्तिमा खड्कालाई कस्ती अभिनेत्री मान्दा होला ? स्वस्तिमा खड्का नेपाली फिल्ममा लोकप्रिय छिन् । उनको लोकप्रियता श्रीलंकासम्म पुग्यो । श्रीलंकामा आयोजना भएको सार्क फिल्म फेस्टिभलमा स्वस्तिमाको अभिनय जुरीले रुचाएका छन् । जुरीले उनको अभिनयलाई रुचाएरै अवार्ड दिएका हुन् । अवार्ड पाएपछि स्वस्तिमाले फिल्ममा चर्चा पाइन् । स्वस्तिमाले गएको बर्ष कमर्सियल र आर्ट फिल्म दुबै खेलेकी थिइन् । बुलबुल आर्ट फिल्म हो । नाइ नभन्नु ल ५ र जय भोले व्यापारिक फिल्म हुन् । नाई नभन्नु ल ५ र जय भोले व्यापारिक रुपमा हिट भए, बुलबुलले तारिफ पायो ।
स्वस्तिमा लोकप्रिय अभिनेत्री भइन् । उनको लोकप्रियतालाई उनको पारिश्रमिक लिएको अनुसार मुल्यांकन गर्ने कि अब उनको अभिनयबाट । स्वस्तिमाले कती पारिश्रमिक लिएकी छिन् भन्दा दर्शक र सार्क फिल्म फेस्टिभलका जुरीले उनलाई उनको कामबाट चिने ।
कलाकारको लोकप्रियता मुल्यांकन गर्ने कसरी हो अब ? स्वस्तिमा भन्दा धेरै पारिश्रमिक लिने, धेरै फिल्म खेल्ने अभिनेत्री छन् ।
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र पूजा शर्माले पारिश्रमिक धेरै लिएका छन् । पूजा र साम्राज्ञीले खेलेको फिल्म पनि चलेको छ । सिनेमामा पूजा र साम्राज्ञीलाइ लिन फिल्म बनाउने मानिसहरुमा उत्सुकता देखिएको छ । पूजा र साम्राज्ञीले पारिश्रमिक राम्रो लिएका छन्, व्यापारिक रुपमा उनीहरुको फिल्म हिट छ । स्वस्तिमाको भन्दा रोजाइ साम्राज्ञी र पूजाको बढी छ । अभिनयको लागि पूजा र साम्राज्ञीलाई उछिनेकी छिन् स्वस्तिमाले । नेपालको लोकप्रिय हिरोइन पूजा, साम्राज्ञी कि स्वस्तिमा ?
कलाकारले फिल्म जे चलेको छ त्यही मात्र खेल्न पनि नहोला । कलाकारले फिल्ममा जे जस्तो चलेको छ त्यो मात्र खेल्न भन्दा चलाउन खोज्न पर्छ । नयाँ चिज गरेर चलाउन खोज्दा कलाकारको लोकप्रियता अझै हुन्छ । जोखिम मोल्ने कलाकारलाइ सह्राना बढी गर्नपर्छ । जोखिम नमोलेर चलेको कुरा नै खेल्दा फिल्म क्षेत्र अघि बढेको छ तर नयाँ कुरा आउँदैन ।
अभिनेत्री प्रियंका कार्कीले जती फिल्म कसले खेलेको छ होला र । प्रियंकाले खेलेको फिल्मको गन्ती गर्दा पूजा, साम्राज्ञी, स्वस्तिमा सबै पछि परेका छन् । तर, उनले खेलेका फिल्म चलेका छैनन् । प्रियंकालाइ लोकप्रिय मान्ने कि नमान्ने ? हिरोइन होस् या हिरो, फिल्ममा चलेको कुरा भन्दा नयाँपन ल्याउन पर्छ । नयाँपन ल्याउने र अभिनयमा विविधता पस्कनेलाई नै लोकप्रिय मान्न गाह्रो मान्नु हुँदैन ।
प्रतिक्रिया