हाँँस्य कलाकार छुट्टिदा राम्रो कि जोडिदा ?
जितु नेपाल र शिवहरि पौडेल राम्रा निर्देशक हुन्, सिरियलका । जिरे खुर्सानी सिरियल बनाएका थिए मिलेर । तर, उनीहरु छुट्टिए । जितु नेपालले तितो सत्य निर्देशन गरिरहेका दिपकराज गिरीको समुह समाते । शिवहरि सबै समुहमा सम्मिलित छन् । शिवहरिले दिपकराजले बनाउने फिल्म खेलेका छन् । उनले, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसीले बनाउने फिल्म पनि खेलेका छन् । तर, उनी अब अलग भए । शिवहरि कलाकार मात्र रहेनन् । उनी निर्देशक भएका छन् । शिवहरिले बनाउन लागेको फिल्म ‘लक्का जवान’ घोषणा भैसकेको छ ।
टेलिभिजनमा हाँस्य कलाको मार्फत दर्शकलाई हसाँएका हाँस्य कलाकार ठूलो पर्दाको फिल्म बनाउदैछन् । उनीहरुले फिल्म बनाउँदै गएर अलग अलग भएर बनाउने सोच बनाएका छन् । दिपकराज गिरी र दीपाश्री निरौलाको टिममा केदार घिमिरे, जितु नेपाल यथावत छन् । कुनै कुनै हास्य कलाकार चटनी छन् । मह संचार र किरण केसीले बनाएको शत्रु गते फिल्ममा दिपक र दिपा थिए । दाल भात तरकारीमा कुरा मिलेन । प्रतिशत मिलाउन नसकेपछि दिपक दिपाले दाल भात तरकारी खेलेनन् ।
मह संचारले अलग्गै फिल्म बनाइरहेको छ । शिवहरि पौडेल अलग्गै भएर फिल्म निर्देशनमा लागेका छन् । भद्रगोल भन्ने हाँस्य सिरियल पनि छ । यसको टिमले फनफनी बनाउन लागेको छ । फनफनीमा भद्रगोल टिम र विपिन कार्की कलाकार छन् । यो पनि अलग भएर फिल्म बनाउन लागेको छ । वडा नम्बर ६ मा नै खेलेका सिताराम कट्टेल अलग्गै फिल्म बनाउँदैछन् । सितारामले बनाउने फिल्मको घोषणा चाडै हुन्छ भन्ने छ । सितारामले समाजसेवामा लागेकाले फिल्म निर्माण र अभिनय नगर्ने भनेर दिपक दिपाको साथ छाडेका थिए । हाँस्य फिल्म नेपालमा धेरै बनेका छन् । तर, हाँस्य कलाकारले नै बनाउन लागेको फिल्म आधा दर्जन पुग्न लागेछ ।
हाँस्य कलाकारहरु अलग अलग हुन हुन्न पनि भनिएको छ । तर, अब हाँस्य कलाकारहरु टुक्रिदा टुक्रिदा सबै अलग भएका छन् । बर्षमा ६ वटा फिल्म हाँस्य कलाकारको टिमबाटै बन्छ । दर्शकलाई सबैले मिलेर एउटै फिल्म राम्रो दिएको भए हुन्छ भनिएको पनि छ । तर, हाँस्य कलाकारहरु अलग अलग भएर फिल्म बनाउँदा प्रतिस्पर्धा राम्रो बनाउनेको पनि हुन्छ । केही हाँस्य कलाकार त इगोले पनि अलग भएका छन् । तर, सबैले फिल्म बनाउँदा एकले अर्कोलाई जित्ने भनेर सोच राख्न भने भएन । राम्रो फिल्म बनायो भने सबैको दर्शकले हेर्छन् नै ।
प्रतिक्रिया