‘भोइसबाट बाहिरिदैमा म मरेको छैन’ अभया सुब्बा (भिडियो सहित)
नेपाली महिला रकस्टार अभया सुब्बा ब्याण्ड अभया एण्ड स्टिम इन्जिनमा आबद्ध छिन् । उनी अगिल्लो बर्ष अन्तर्राष्ट्रिय गायन प्रतियोगिताको नेपाली फ्रेनचाइज ‘द भोइस अफ नेपाल’ सिजन १मा कोचको भूमिकामा थिइन् । रकम्युजिकमा आफ्नो बेग्लै स्थान बनाउन सफल उनी यस पटक भने भोइसमा छैनन् । उनी संगै अगिल्लो वर्षका अर्का कोच सनुप पौडेल पनि यस पटक नभएको जानकारी भोइस टिमले दिएको छ । उनिहरुको स्थानमा आएका छन्, आस्था राउत र राजु लामा । यो दुई नाम पनि नेपाली सांगीतिक जगतमा चर्चित नाम हो ।
भोइस अफ नेपाल सिजन २मा रकस्टार सुब्बा नहुनुको कारण बारे बोल्दै एक मिडियासंग ग्रान्ड फिनालेमा अभया उपस्थित नभएको कारण हेडक्वाटरको निर्णय अनुसार नै भएको निर्देशक लक्ष्मण पौडेलले बताएका छन् । यो जवाफ चित्त बुज्दो नलागेको भन्दै अभयाले आफ्नो युटुव च्यानलमार्फत एक भिडियो सार्वजनिक गरिन् । जहा उनले भोइसको अव्यवस्थित व्यवस्थापनको समेत कुरा गरेकी छन् ।
हेडक्वाटरलाइ जानकारी नगराएको बिषयमा उनी आफ्नो गल्ति नरहेको बताउछिन् । र ग्राण्ड फिनालेमा सहभागी हुन नसक्ने बिषयमा टिमलाई जानकारी गराएको उनको दावी छ । ३ महिना अगाडी नै आफुले उनी र उनको ब्याण्डको अस्ट्रेलिया कार्यक्रम बारे जानकारी गराएको बताएकी छन् । तर पनि किन निर्देशकले त्यस्तो कारण बताए भन्ने उनको असन्तुस्टी रहेको छ । उनको अर्को शंका आफुले जानकारी गराउदा समेत हेडक्वाटर सम्म कुरा नपुर्याएको रहेको छ ।
यसका साथै उनले व्यवस्थापन माथि समस्या रहेको बताएकी छन् । बिहान ७ बजे आएर काम गर्न थाल्यो साँझ ७ बजे खाना आउथियो यस किसिमको व्यवहारले समस्या त पक्कै शिर्जना गर्छ ।
मार्चमा आफुलाई कोचको लागि फाइनल गरिएको, उक्त समय मेमा सुरु गरेर नोभेम्बरमा सकिने जानकारी गराइएको थियो तर कार्यक्रम उक्त समय सुरु हुन सकेन कार्यक्रम नभएकोले जुलाईमा युरोपको कार्यक्रमका लागि उनी तयार भइन् । तर अन्तिम समयमा टिकट समेत लिएको अवस्थामा उनलाई कार्यक्रम क्यान्सिल गर्न भनियो ।
त्यस्तै नोभेम्बर सम्ममा सकिने भनेको कार्यक्रम सकिएन र उनको डिसेम्बरमा भनिएको कार्यक्रममा उनी आफ्नो टिम सहित अस्ट्रेलिया गइन् । सोही कारण भोइस छोड्न पर्ने भयो भन्ने निर्माण टिमको भनाइ रहेको छ ।
त्यस्तै व्यस्थापनको कारण नै अर्का एक सदस्य फिरोज तिमल्सिनाले भोइस छोडेको बताएकी छन् । साथै उनले नयाँ कोचसंग आफुलाई समस्या नभएको पनि बताइन् ।
उनले बिचार अभया भन्नेहरुलाई पेचोलो जवाफ दिएकी छन् । उनले भनिन्,’म भोइसमा छैन भन्दैमा मलाइ बिचरा नसोच्नुहोला म भोइसबाट बाहिरिदैमा मरेको छैन ’ । साथै उनले आफ्नो नयाँ गीत आउन लागेको समेत जानकारी दिईन् ।
प्रतिक्रिया