छोराका लागि असल बन्न नसकेका दया

नेपाली फिल्ममा दयाहाङ राई उम्दा कलाकार छन् । दयाहाङ राइले नेपालमा हिरोको भाषा बदलेका छन् । भूडी ठूलो भएको, शरीर नबनाएको मानिस हिरो हुन सक्दैन भन्ने भाषालाई दयाले बदलेका छन् । दयाहाङ राई यसैले नेपाली फिल्मका उम्दा कलाकार हुन् ।

दयाको घरपरिवार राम्रोसँग चल्दैछ । पत्नी र एक छोरा । छोरालाई खुबै माया गर्छन् दया । दयाको माया छोरालाई खुबै छ भनेर उनी र उनको छोरालाई भेट्दा थाहा लागिहाल्छ । दयाहाङ राइका छोरा छन् । उनको नाम सम्दुहाङ हो ।

दयाको छोराको प्रसंग यहाँ आएको उनको फिल्मले हो । दयाले फिल्म गरेका छन्, आप्पा । आप्पामा दया आप्पा बनेका छन् । आप्पा भनेको बुबा हो । दयाहाङले आफूलाई भने राम्रो बुबा बन्न नसकेको बताएका छन् । किनकी, उनका छोरा उनीसँग समय लिन चाहन्छन् । बाबुले समय दिओस् भन्ने उनको छोराको चाहना छ ।

फिल्ममा लागेका दयाले समय पाएका छैनन् । दयाहाङ फिल्मको छायांकन गर्न राजधानी बाहिर बढी हुन्छन् । राजधानीमा छायांकन हुँदा पनि उनी राती ढिला घर पुग्छन् । यसले उनका छोरासँग उनको भेट कम हुन्छ । छोरा वा छोरी आमासँग बढी नजिक हुन्छन् । दयाहाङ त आफूलाई छोराका लागि पाहुना नै भन्छन् । एक दिन ढिलो गरी घर पुगेका दयालाई उनका छोराले आज घरमै बस्न भने । छोराले गरेको यो आग्रह अहिले पनि दयाको कानमा पीडा बन्छ । उनलाई त्यही दिन लागेको हो, उनी असल बाबु बन्न नसकेका महशुश गरेको । दयाले आफूले छोराको मनोविज्ञान वुझ्न नसकेको त्यही दिन चाल पाएका थिए । एउटा बाबु आफ्नै घरमा छोराका लागि पाहुना भन्दा पीडा अवस्य हुन्छ ।

छोराका लागि केही किन्ने, कतै घुमाउन लैजाने कुरामा दयाले समय दिन सकेनन् । तर, छोराका लागि समय भने पर्याप्त दिनुपर्छ भन्ने उनले वुझेका छन् ।

दयाहाङले अभिनय गरेको फिल्म आप्पाले बाबु र छोराको कथालाई भनेको छ । बाबु र छोराको सम्बन्ध, छोरा र बाबुको दुरीलाई यो फिल्मले देखाएको छ ।

दयाहाङ राईले फिल्म बाबु र छोराले त हेर्नैपर्ने बताएका छन् । शुक्रबारदेखि रिलिज हुने फिल्ममा दयाका छोरा सिद्धान्त छन् । तर, उनी सिद्धान्तमा पनि आफ्नै छोरा देख्छन् ।