क्लिनफिडको बिषयमा के भन्छन् नेपाली कलाकार ?
नेपालमा विदेशी च्यानलहरुमा प्रशारण हुने विदेशी विज्ञापनलाई रोक्ने र बिज्ञापन रहित विदेशी च्यानल प्रशारण गर्न नेपाल सरकारले क्लिन फिड योजना लागू गर्न खोजेको छ । अधिकाम्स नेपाली कलाकार हरु यसको समर्थनमा रहेका छन् । यसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिक सहित नेपाली बिज्ञापन उद्योग सबैलाई फाइदा हुनेछ । के भन्छन् त नेपाली कलाकार आज को हाम्रो चर्चाको बिषय रहने छ।
बरिष्ठ कलाकार हरिबंश आचार्य लेख्छन् :
नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुमा प्रशारण हुने विदेशी विज्ञापनलाई रोक्ने र बिज्ञापन रहित बिदेशी च्यानल प्रशारण गर्ने नेपाल सरकारले क्लिन फिड योजना लागू गर्न खोजेको छ । यसको विरोधमा टेलिभिजन च्यानलका बिक्रेताहरुले २४ घण्टा विदेशी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् । के यो विरोधले हामीलाई केहि असर गर्छ ? हामी नेपालीले २४ घण्टा विदेशी च्यानल हेर्न नपाउँदा हामीलाई केहि असर पर्छ ? नेपालमा प्रशारण हुने सबै विदेशी च्यानलहरु बिज्ञापन रहित हुनु हाम्रो लागि राम्रो हैन र ? यसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिक सहित नेपाली बिज्ञापन उद्योग सबैको हित हुनेछ । एक पटक हैन पटक पटक सोचौ । नेपाल सरकारको यो हिम्मतीलो निणर्यमा हाम्रो साथ छ । समर्थन छ । जय नेपाली बिज्ञापन । जय नेपाली कलाकार । जय नेपाली प्राबिधिक ।
त्यस्तै नेपाली फिल्मकी अभिनेत्री करिश्मा मानन्धरको बिचार यस्तो छ :
क्लिनफिड स्वागत योग्य ।
२४ घन्टा मात्रै होइन सकिन्छ भने दिगो हुनुपर्छ । बिदेशी च्यानलहेर्न addicted भएका हामिहरुको लागि केहि समय अप्ठ्यारो पर्ला । हो हामीलाई लाइभ बिदेशी कार्यक्रम हेर्ने सुबिधाको लत परेको छ , तर त्यो ” सुका बचाउन खोज्दा रुपिया गुमाए भने झै हुन्छ , दुरदर्शिता राख्यो भने यो देशको हितमा हुनेछ , हो केवल च्यानलहरु लाई अप्ठ्यारो पर्न सक्ला ! तर केहि नागरिकको फाइदा भन्दा देशको फाइदा सोच्नु पर्छ ।यसो गर्दा हाम्रो देशभित्र बन्ने टेलिभिजन सामाग्री स्तरीय हुनेछन् ।
हामिले प्रयोग गर्ने अधिकांश सामाग्री विदेशबाट आयातित हुन्छ ति सामग्रीहरुको बिज्ञापन स्वदेशमै निर्माण हुनेछन् । सुन्दा सामान्य लागे पनि यो निर्णयले आर्थिक, संस्कृत रुपमा पक्कै सकारात्मक आसर पार्ने छ ।
सामान्यतया जनचासोको बिषयमा आफ्नो बिचार ब्यक्त गर्ने कलाकार दिपक राज गिरीको फेसबुक स्ट्याटस यस्तो छ :
आज म लेख्दैछू….
हामिले गॉउको महका चाका छोडेर डावर हनि खान थालेको
धेरै भो .. नेपाली जुत्ता, नेपाली खाना, नेपाली मनोरन्जन को स्थान अहिले बिदेशी ब्रान्डले लिएका छन् .. कारण गुणस्तर मात्रै होइन..बिदेशी टेलिभिजनमा आउने बिज्ञापनको असर पनि हो …,,अत: सरकारले लिएको क्लिन फिडको निर्णय सहि छ , समर्थन छ!!!
बिदेशीलाइ हाम्रा देशमा घुम्न बोलाउने हो यहि स्थाइ बसोबास गराउने होइन त्यस्तै बिदेशी टेलिभिजन लाइ पनि नेपालमा स्वागत गर्नु पर्छ …
उनिहरूको ब्रान्ड प्रमोशन गर्ने बिज्ञापन लाइ होइन….. राष्ट्रीयता ,झन्डा बोकेर मात्रै हुदैन.!!
कलाकार जितु नेपाल बिदेशी टिभी च्यानलको शुल्क तिरेर बिज्ञापन हेर्नुपर्ने कहिले सम्म ? आइ एम विथ क्लिन फिड नेपाल लेख्छन् ।
कलाकार निर्मल शर्माको भने केहि फरक बिचार रहेको छ :
समर्थन छ तर……
नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुमा प्रशारण हुने विदेशी विज्ञापनलाई रोक्ने र बिज्ञापन रहित बिदेशी च्यानल प्रशारण गर्ने नेपाल सरकारले क्लिन फिड योजना लागू गर्न खोजेको छ, यो लागु भए अब नेपाली कलाकार प्रावीधिकहरुलेनै रोजगार पाँउछन भन्ने कुरामा म पनी एकदम सहमत छु,तर आफ्नो आम्दानी हुने कुरामा मात्र चिच्याउने हामी देश जनता भ्रष्ट्राचार अत्याचार अनी न्यायका निम्ती पनी बोल्नु लेख्नु आवाज उठाउनु हाम्रो दायित्व हैन र ?? तेही जनता जनार्दनले हेर्दिएर चर्चीत बनाउने अनी उनीहरुको पक्षमा चाँही चुईक्क नबोल्ने ???
प्रतिक्रिया