नेपाली फिल्मको ५१ दिन

दाल भात तरकारी फिल्म ५१ दिन चल्यो । ५१ दिन चलेर फिल्मको पार्टी भयो । फिल्मलाई गोपी, गुण र अष्टनारायणमा ५१ दिन चलेको भनेर कार्यक्रम भयो ।

नेपाली फिल्ममा ५१ दिन कम हुन्छ । ५१ दिनको कार्यक्रम दुर्लभ भएका छन् । ५१ दिनको कार्यक्रम पहिले पहिले हुन्थे । अहिले त ५१ दिन फिल्मले मनायो भने कसरी मनाएको छ भनेर सोधखोज हुन्छ ।

दाल भात तरकारीले राम्रो प्रतिक्रिया पाएको होइन । तर, पनि फिल्म ५१ दिन चल्यो । गोपी, गुण, अष्टमा मात्र किन ५१ दिन चल्यो फिल्म ।

गोपी र गुणमा फिल्म फिक्समा दिइएको थियो । अष्टनारायणमा भने फिल्म ५१ दिन चल्यो । फिक्समा फिल्म दिएपछि हलले लगानी आफ्नो नउठाएसम्म लगाइरहन्छन् । यही भएर फिल्म ५१ दिन चल्छ ।

फिल्म ए मेरो हजुर ३ ले पनि कुनै कुनै हलमा ५१ दिन मनाएको थियो । फिल्म निर्माताले ५१ दिन मनाउनु अघि नै हिटको पार्टी दिएका थिए । ५१ दिनको बेलामा कोही पनि नेपालमा थिएनन् ।

फिल्म ५१ दिन मल्टिप्लेक्समा थिएन । धेरै पर्दा भएका हलमा मात्र फिल्मले ५१ दिन मनाएको हो । फिल्म नहूँदा हलले पर्दा भर्न फिल्म लगाइदिन्छन् । ए मेरो हजुर ३ ले यसरी गोपी, अष्ट, गुण जस्ता हलमा ५१ दिन मनायो ।

लभ स्टेशनका निर्माता पनि ५१ दिन मनायो भनेर बसेका थिए । लभ स्टेशन नेपालमा फ्लप फिल्म हो । फिल्मको ग्रस २ करोड पनि छैन । तर, फिल्म ५१ दिनसम्म चल्यो ।

यसमा पनि निर्माता गोविन्द शाहीले फिक्सको गेम खेलेका हुन् । गोपी, गुण जस्ता फिल्म हलमा केही दिन चल्छन् । यसपछि, निर्माता फिक्समा फिल्म वेचिदिन्छन् ।

फिल्म किनेपछि त्यो लगानी रिकभर गर्न हलले लामो समयसम्म फिल्म चलाइदिन्छन् । लभ स्टेशनले गोपी, गुणमा यसरी ५१ दिन चल्यो । हलले किनेको पैसा उठाएर नाफा कमाउन लाग्दा नेपाली फिल्म ५१ दिन चलिदिएका छन् ।

पहिलेको जस्तो अहिले रिल रिलिज छैन । सय हलहरुमा एकैचोटी फिल्म चल्छ । धेरै दर्शकले एकैचोटी फिल्म हेर्न पाएका छन् । यही भएर ५१ दिन कम देख्न पाइन्छ ।

५१ दिन मनाउनु भन्दा पनि फिल्मबाट कती कमाई भयो भनेर वुझ्ने हो । किनकी, ५१ दिनको झ्यालीले निर्माता घाटामा गएका पनि हुनसक्छन् । तर, देखाउन चाहन्छन् । नेपाली फिल्मले अहिले फिक्समा बेचेकाले ५१ दिन मनाइरहेका छन् ।