ओझेलमा परेका प्रितम र आयुष
शृंखला खतिवडा मिस नेपाल भइन् । सम्पूर्ण मिडियामा छाइन् । उनका बिषयमा समाचारमा मिस नेपालसंगै जोडियो उनका नेता बाबु आमा बिरोध खतिवडा र मुनु सिग्देललाई । मिस वर्ल्डमा भाग लिन चिन जाने भइन् । नेपाली संचार माध्यम हात धोएरै पछी लाग्यो । केहि टाइटल जित्दै प्रतिस्पर्धाको अन्तिम चरण सम्म पुग्दा देशको नेतृत्वमा रहेका उनका बाबु आमा छोरी भेट्न कार्यक्रम स्थल सम्मै पुगे प्लेन चढेर ।
सोही प्रतिष्पर्धा मार्फत छानिएर अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी हुन गएका थिए, मिस नेपाल अर्थ प्रिया सिग्देल र मिस नेपाल युनिभर्स मनिता देवकोटा । अझ मनिताको त यस प्रतियोगितामा नयाँ सहभागिता नेपालबाटै ।साथ सहयोगको अझ बढी खाचो त उनलाई थियो । एक कार्यक्रममा प्रियाले त भनेकी थिइन् मैले आफुले प्राप्त गरेको उपाधिको बारेमा पटक पटक बोल्न पर्यो । जब कि पत्रकारलाई हामि केको लगि गएका थियौ सम्म थाहा रहेन छ । आक्रोश अवाभाविक थिएन ।
यहि बेवास्थाको भुमरीमा फसेका छन् भारतीय रियालिटी शो सा रे ग म प लिटिल च्याम्पका अब्बल नेपाली प्रतिष्पर्धी प्रितम आचार्य । सुनसरीको इटहरीका स्थानीय बासिन्दा आचार्यको बिषयमा नेपाली संचार माध्यम बेखबर जस्तै छन् । भारत र सम्पूर्ण विश्व कै ध्यान उनी तर्फ रहेको समय नेपालमा भने उनको बारेमा खासै चर्चा भएको देखिदैन ।
नेपाली मुलका भारतीय प्रशान्त तामांगलाई नेपाली भन्दै भोट गरेर जिताउने नेपालीको जोश प्रितमको बिषयमा भने एकजुट नभएको भान हुन्छ । कक्षा ७ मा पढ्ने प्रितम झैँ अब्बल आयुष केसी पनि यो प्रतियोगितामा सहभागी छन् । दुबैको आवाजले सुन्ने सबैको मन जितेको छ । जजहरुको वाहवाही बटुलेका यी दुइको पोशाकको चर्चा समेत जुरी मेम्बर बीच चल्ने गर्छ ।
तर नेपाल र नेपालीको पहिचान जनाउने पोशाकको सम्मान र प्रचार गरे पनि भारतमा झैँ सम्मान पाउन सकेका छैनन् अझै सम्म आफ्नै देशमा । शृंखलाका आमा बाबुको पहुच थियो छोरी भेट्न चिन सम्म पुगे र हौसला बढाउने भरपुर प्रयाश गरे । तर सामान्य पारिवारिक पृष्ठभूमिका आयुष र प्रितमको भाग्य कहा त्यस्तो हुने । भारत सम्म पुगेर समर्थन गर्ने र जित्नका लागि हौसला दिने अवस्था पनि असम्भव जस्तै नै छ ।
अगिल्लो एपिसोडमा प्रितमले उत्कृष्ट प्रस्तुती दिएर १०० मा १०० प्रतिशत ल्याएका छन् भने उनले जज, जुरी मेम्बर र टोटल धमाल फिल्मका युनिट सम्पुर्णबाट स्ट्याण्डिङ ओभिएसन समेत पाएका थिए । यस किशिमका प्रतिभाशाली व्यक्तिको खोजि र सम्मानमा कन्जुस्याई किन र ?
प्रतिक्रिया