नेपाल मै पहिलोपटक रियालिटी शो फर्म्याटमा ब्युटी कन्टेस्ट

बाटिका इन्टरटेन्मेन्ट र जनता टेलिभिजनको संयुक्त आयोजनमा हुन गइरहेको ‘मिस्टर एण्ड मिस नेपाल आइकन २०१८’को लागि तेश्रो चरणको अडिसनका लागि आवेदन खुलेको छ । नेपाल मै पहिलोपटक रियालिटी शोको फर्म्याटमा आयोजना गर्न लागिएको यस प्रतियोगिताका दुई अडिसन सम्पन्न भइसकेका छन् । सहभागिताका लागी इच्छुकहरुको मागलाई ध्यानमा राख्दै तेश्रो अडिसन आयोजाना गर्न लागेको बाटिका इन्टरटेन्मेन्टकी निर्देशक गोमा अधिकारीले बताएकी छिन् ।

नेपालभरिका विभिन्न कलेजमा अध्ययनरत १६ देखि २८ बर्ष उमेरका युवा युवतीले मिस्टर एण्ड मिस नेपाल आइकन २०१८ को लागि अडिसनमा प्रतिस्पर्धा गर्न सक्नेछन् । प्रतियोगिता तीन महिना सम्म चल्नेछ ।

मिस्टर एण्ड मिस नेपाल आइकन २०१८ को ओरिएन्टेसन कक्षा असोज २२ गते हुनेछ भने दशै लगत्तै तालिम शुरु हुने निर्देशक अधिकारीले बताइन् । युवा युवतीहरुको क्षमता, बौद्धिक विकास र अन्तरनिहित प्रतिभा प्रस्फुुटित गर्नका लागी कार्यक्रमको आयोजना गरिएको निर्देशक अधिकारीको भनाई छ ।

मिस्टर एण्ड मिस नेपाल आइकन २०१८ को बिजेताले एक लाख नगद सहित स्मार्ट टिभी प्राप्त गर्नेछन् । बिजेता मध्येबाट नै २ जनाले अन्तराष्ट्रीय सौन्दर्य प्रतियोगितामा भाग लिने अवसर समेत पाउनेछन् भने ४ जनाले पेन्टागन कलेजमा बिबिएस र बिएसडब्लु अध्ययनका लागी पुर्ण छात्रवृत्ती प्राप्त गर्नेछन् ।

यस प्रतियोगिताको करियोग्राफी मिस नेपाल २००० उषा खड्गीले गर्नेछिन् । कार्यक्रम जनता टेलिभिजनले प्रशारण गर्नेछ ।