जापानमा साम्राज्ञी उत्कृष्ट, पल र पुजालाई सुर्य अवार्ड (फोटो सहित)
सुर्य ईन्टरनेशनल अवार्ड-२०१८ जापानको टोकियो स्थित नाकानो जिरो हलमा सम्पन्न भएको छ । १२ बिधा र मास पपुलर ४ बिधामा दिइएको अवार्डमा उत्कृष्ट फिल्म ‘म यस्तो गित गाउँछु’ र उत्कृष्ट नायक पल शाह र नायिका पूजा शर्मा भएका छन् । दर्शकले दिएको भोटको आधारमा दिइएको अवार्डमा पल र पुजा दुबै फिल्म म यस्तो गित गाउँछुबाट उत्कृष्ट भएका हुन् । यस्तै उत्कृष्ट निर्देशकको अवार्ड फिल्म म यस्तो गित गाउँछु बाटनै सुदर्शन थापाले उचालेक छन् ।
अन्य बिधाहरुमा उत्कृष्ट सपोर्टिङ पुरुषतर्फ प्रशान्त ताम्राकार र महिला तर्फ बर्षा राउत घोषित भएका छन् । उक्त अवार्ड समारोहमा भोटिङ्गको आधारमा बाहेक मास पपुलरको आधारमा ४ वटा अवार्ड वितरण गरिएको छ । गत बर्ष प्रदर्शनमा आएको फिल्महरुबाट नायक, नायिका, निर्देशक र फिल्म गरि ४ बिधामा अवार्ड वितरण गरिएको हो । जसमा उत्कृष्ट नायकमा अनमोल केसी, नायिकामा सम्राज्ञी राज्य लक्ष्मी शाह, निर्देशकमा प्रदिप भट्टराई र फिल्ममा छक्का पञ्जा २ रहेको छ ।
अवार्ड समारोहमा नेपालकी पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई लाईफ टाईम अचिभमेन्ट अवार्ड-२०१८ प्रदान गरिएको छ । यस्तै ३ दशकदेखी नेपाली फिल्म क्षेत्रमा कृयासिल सदाबहार नायक भुवन केसीलाई सुर्य कलाकरिता सम्मन-२०१८ प्रदान गरिएको छ । निरन्तर चलचित्र पत्रकारितमा कलम चलाउँदै आउनुभएका समिप्यराज तिमल्सेनालाई नगद २५ हजार जापानिज येन सहित सुर्य चलचित्र पत्रकारिता-२०१८ बाट पुरस्कृत गरिएको छ । यस्तै निरन्तर फोटो पत्रकारितामा सकृय रहनुभएका फोटो पत्रकार श्रीधर पौडेललाई पनि नगद १५ हजार सहित पुरस्कृत गरिएको छ ।|
अवार्ड समारोहमा गीतको ६ विधामा लोकतर्फ गायक रामजी खाँण र गायिका सम्झना लामिछाने मगर उत्कृष्ट घोषित भएका छन् । यस्तै पपतर्फ कमल खत्री गायक र गायिका इन्दीरा जोशी उत्कृष्ट भएका छन् । यता आधुनिक तर्फबाट राजेश पायल राई र मेलिना राई उत्कृष्ट गायक गायिका घोषित भएका छन् । अवार्डमा नेपालबाट ४ दर्जन कलाकारहरु उपस्थित भएका थिए । उक्त अवार्ड समारोहमा जापानलाई कर्मथलो बनाईरहेका नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रलाई माया गर्ने पाँच सय भन्दा बढि दर्शकहरु उपस्थित रहेको थियो ।
अवार्ड समारोहले नेपाली कला, संकृतिको संरक्षण तथा नेपाली फिल्म र गीत संगीतको प्रबर्धनमा टेवा पुग्ने आयोजकले दाबी गरेका छन् । अवार्ड समारोह पछि जापानम निरन्तर नेपाली फिल्म रिलिज गर्ने तयारी गरिएको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् ।
प्रतिक्रिया