सेभेन सिजको स्पष्टिकरण–‘फिल्मको रिलिज मिति सार्ने अधिकार हामीलाई छैन’

फिल्म ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति ओभरसिजमा फिल्म वितरण गर्दै आएको सेभेन सिज इन्टरटेन्मेन्टका कारण पोस्टपोन्ड भएको खबर सार्वजनिक भएपछि कम्पनीले स्पष्टीकरण दिएको छ । यसअघि पनि विदेशी वितरकको दबाबका कारण नेपाली फिल्मको प्रदर्शन मिति तोकिने गरेको खबरहरू सार्वजनिक हुने गरेका थिए । 

तर, विदेशमा फिल्म वितरणको जिम्मा लिँदै आएको सेभेन सिजले भने यो कुराको खण्डन गरेको छ । सामाजिक संजालमा स्टाटस लेख्दै भनिएको छ–‘हाम्रो नेपालमा कुनै पनि फिल्मको प्रदर्शन मिति सार्ने वा तोक्ने कुनै पनि अधिकार हुँदैन र हामी यो काम कहिले पनि गर्दैनौं । यो नितान्त मेकरको र नेपालको वितरकको कम्पनीको सल्लाहमा हुने गर्दछ ।’

अहिले विदेशमा फिल्म वितरणका लागि केही कम्पनीहरू सक्रिय छन् । तर, उनीहरूकै कारण नेपालमा पनि फिल्मको रिलिज मिति तोकिने गरेको चर्चा फिल्म वृत्तमा सुनिन्छ । यो कुराको सेभेन सिजले भने खण्डन गरेको छ ।