‘वर एण्ड बधु’मा गरिमा शर्माको इन्ट्री

नायिका गरिमा शर्मा हाल छायांकन भइरहेको फिल्म ‘वर एण्ड बधु’मा अनुबन्धित भएकी छिन् । फिल्मका निर्देशक मिलन चाम्सले नायिका शर्मालाई विशेष भूमिकाका लागि बिहिबार अनुबन्धित गरेका हुन् । 

फिल्म ‘लण्डन टू पेरिस’ रिलिजको दिन नजिकिदै जाँदा उत्साहित रहेकी गरिमा अब मिलन चाम्सको निर्देशनमा बनिरहेको फिल्ममा काम गर्न तयार भएकी हुन् । मिलन र गरिमा दुबैले भूमिकाको विषयमा भने केही पनि खुलाएका छैनन् । 

फिल्ममा यसअघि कुसुम शर्माको पनि प्रवेश भएको थियो । फिल्ममा आँचल शर्मा, गरिमा शर्मा र कुसुम शर्मालाई दर्शकले एकसाथ हेर्न पाउने भएका छन् । साथमा फिल्ममा विवेक कर्माचार्य, हिमेश पन्त, श्रृष्टी खड्का, किरण केसीको पनि मुख्य भूमिका छ । 

फिल्ममा काम गर्ने पक्का भएपछि मिडियासँग कुरा गर्दै गरिमाले भनिन्–‘मेरो भूमिका फिल्ममा विशेष छ । यसका लागि उत्साहित छु । मिलन दाइसँग काम गर्न पाउँदा खुशी लागेको छ ।’

गरिमाले अभिनय गरेको अर्को फिल्म ‘ह्रस्व दीर्घ’ पनि असोजको ११ गतेबाट रिलिजमा आउँदैछ ।