न्यून शो र कमजोर बुकिङका बिच रिलिज भयो ‘खजुरे ब्रो’

फिल्म ‘खजुरे ब्रो’ आजबाट रिलिजमा आएको छ । सुरज सुनुवारको निर्देशनमा तयार भएको यो फिल्म आजबाट देशका ५० बढी हलमा रिलिजमा आएको हो । 

हलमा ‘बोक्सीको घर र मनसरा’को दबदबा कायम रहेको समयमा यो फिल्म रिलिजमा आएको छ । यो फिल्मलाई प्रदर्शकहरुले निकै कम शोज उपलब्ध गराएका छन् । अधिकांश मल्टिप्लेक्समा फिल्मले एक शोज मात्र पाएको छ । 

फिल्मको बूकिङ पनि निकै कमजोर छ । बुधबारबाट बूकिङ खुलेपनि फिल्म हेर्नका लागि दर्शकले उत्साहजनक रुपमा टिकट काटेका छैनन् । यसैले, यो  फिल्मको वर्ड अफ माउथ नै बलियो आउनुपर्ने देखिन्छ । 

यो फिल्मबाट नीति शाहले फिल्म क्षेत्रमा डेब्यू गरेकी छिन् । यसैले, नीति शाहको करिअरका लागि यो फिल्म महत्वपूर्ण छ । फिल्ममा रेअर राई, महेश त्रिपाठी, नबिन मानन्धर लगायतका कलाकारको पनि अभिनय छ । 

फिल्मले पैसा, मित्रता र श्रीमान–श्रीमतीको सम्बन्धको कथा भन्छ । कमेडी जनरामा तयार भएको फिल्मबाट नायिका नीति शाहले ठूलो आशा गरेको बताएकी छिन् ।