बिहे भएको ६ महिनामै अरुणिमाको डिभोर्स !


नायिका अरुणिमा लम्सालले सामाजिक संजालबाट आफ्ना बिहेका सबै तस्वीर हटाएपछि यतिबेला उनी र उनका श्रीमान् युवराज श्रेष्ठबीच सम्बन्ध बिग्रिएको चर्चा चलेको छ । 

अरुणिमाले बिहे लगतै युवराजसँगका तस्वीरहरु सामाजिक संजालमा राखेकी थिइन् । तर, अहिले कुनै पनि तस्वीर सामाजिक संजालमा देखिदैन । 

योसँगै बिहे भएको ६ महिना पनि नबित्दै अरुणिमा र युवराजको डिभोर्स भएको खबरहरू बाहिरन थालेका छन् । 

विशेष स्रोतले मेरो फिल्मलाई दिएको जानकारी अनुसार, अरुणिमा र युवराजको डिभोर्स भइसकेको छ । यो विषयमा दुबैले मुख भने खोलेका छैनन् । 

बिहे लगतै युवराजले पत्नी अरुणिमासँग अमेरिकामा गएर बस्ने इच्छा व्यक्त गरेका थिए । तर, अहिलेसम्म युवराज नेपालमै छन् । अरुणिमाको फेसबुकमा आफ्ना पहिला श्रीमान् अमित अर्यालसँगका तस्वीरहरु भने देख्न सकिन्छ । 

बिहेपछि युवराज पनि पत्नीसँगै अमेरिकामा सेटल हुने योजनामा थिए । तर, युवराजले आफूलाई चिट गरेको गुनासो अरुणिमाले निकटस्थ साथीहरूसँग गर्ने गरेकी थिइन् । 

मेरो फिल्मलाई विशेष स्रोतले भन्यो–‘अरुणिमा र युवराजको डिभोर्स नै भइसकेको छ ।
अरुणिमाले अमेरिकाबाट नै डिभोर्सका लागि फाइल गरेकी हुन् ।’