महिला फ्यानको ओठमा चुम्बन गरेपछि उदितको चर्को आलोचना

गायक उदित नारायण झा आलोचित बनेका छन् । एउटा लाइभ कन्सर्टका क्रममा महिला फ्यानको ओठमै चुम्बन गरिदिएपछि उनको चर्को आलोचना भइरहेको छ ।

उदित ट्रोलको शिकार पनि बनिरहेका छन् । महिला फ्यानलाई उदितले ओठमा नै चुम्बन गरेपछि यो घटनालाई लिएर धेरैले प्रश्न उठाएका छन् । 

तर, उदितले भने यो घटनालाई प्रेमको अभिव्यक्तिको रुपमा बुझ्न आग्रह गरेका छन् ।

उनले भनेका छन्–‘फ्यान धेरै क्रेजी हुन्छन् । हामी त्यस्तो छैनौं । हामी सभ्य मानिस हौं । यो कुरा भाइरल बनाएर के गर्ने ? भीडमा धेरै मानिस थिएँ र हामीसँग अंग रक्षक पनि थिए । फ्यानले हामीलाई भेट्ने मौका पाउनुपर्छ । यस्तो अवस्थामा कोही हात मिलाउँछन्, कोही हात चुम्बन गर्छन् । यो सबै क्रेजको कुरा हो, यसमा ध्यान दिन हुँदैन ।’

तर, आलोचना गर्नेहरूले भने उदित यसरी निर्लज्ज भएको भन्दै ट्रोल गरिरहेका छन् । उदितले ‘टिप टिप वर्षा पानी’ बोलको गीत गाउँदा यो घटना भएको हो ।