शोभितको ‘पीआर’मा को–को कलाकार ?

अष्ट्रेलियामा ७५ र नेपालमा २५ प्रतिशत छायांकन हुन लागेको फिल्म ‘पीआर’का लागि कलाकारहरु फाइनल गरिएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्मािण हुन लागेको यो फिल्मलाई शोभित बस्नेतले निर्देशन गर्दैछन् । रञ्जित शाह र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको यो फिल्ममा अधिकांश कलाकार नयाँ छन् ।

फेब्रुअरीको ११ तारिखबाट छायांकनमा जान लागेको यो फिल्ममा आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पुजा चौधरी र राजन कुँवर छन् । कलाकारहरुलाई पोस्टरमा खुशीको भावमा प्रस्तुत गरिएको छ । सबै कलाकारहरुलाई अडिसनबाट छानिएको निर्माणपक्षले बताएको छ ।

फिल्ममा प्रदिप दाहाल र लक्ष्मण सापकोटा निर्मिाता, गणेश केसी कार्यकारी निर्माताको रुपमा छन् । मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश वुढाथोकीको पटकथा तथा संवाद यो फिल्ममा छ ।