महोत्सवमा दुर्गेशसँगै नाचे दीपक र दीपा
गायक दुर्गेश थापालाई महोत्सवमा भ्याई नभ्याई नै छ । उनी, देशभर आयोजना भइरहेका महोत्सवमा दौडिरहेका छन् । दुर्गेशको पछिल्लो गीत ‘दुस्मन हेरेको हेरै’ पनि सर्वाधिक लोकप्रिय भइरहेको छ । गीतले एक करोड भन्दा बढी भ्यूज पाइसकेको छ ।
उनै, दुर्गेशलाई महोत्सवमा कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले पनि साथ दिएका छन् । दीपकराज, दुर्गेश र दीपाले नेपालगन्जमा आयोजना भएको महोत्सवमा एकसाथ स्टेज शेयर गरेका हुन् ।
कार्यक्रममा दुर्गेशले ‘दुस्मन हेरेको हेरै’ गीत गाएका थिए । उनीसँगै कलाकार दीपकराज गिरीले डान्स गरेका छन् । जुन भिडियो अहिले सामाजिक संजालमा चर्चित बनिरहेको छ । यस्तै, दुर्गेशको यो गीत महोत्सवमा दीपाश्रीले पनि गाएकी छिन् ।
दुर्गेशले महोत्सव सकिएपछि गीतले एक करोड भ्यूज पाएको अवसरमा केक काटेका थिए । केक काट्ने कार्यक्रममा दीपक र दीपाले दुर्गेशलाई साथ दिएका छन् ।
दुर्गेशले दीपक र दीपाले बनाएको फिल्म ‘छ माया छपक्कै’को प्रमोशन गीत समेत गाएका थिए ।
प्रतिक्रिया