रामजीका दोहोरी, किन फोहोरी ?
नेपाली फिल्मको कोरियोग्राफीमा चर्चित रहेका कोरियोग्राफर रामजी लामिछाने लोक तथा आधुनिक गीतका म्युजिक भिडियोको निर्देशनमा पनि व्यस्त छन् ।
उनले, निर्देशन गरेका थुप्रै म्युजिक भिडियोले दर्शकको साथ पनि पाएका छन् । तर, उनै रामजीले निर्देशन गरेका केही दोहोरी गीतका भिडियो भने सुन्न र हेर्न पनि गाह्रो हुने अवस्थाका छन् ।
यस्तै, गीतका कारण यी कोरियोग्राफर विवादमा पनि पर्ने गरेका छन् । उनले, निर्देशन गरेको ‘विस्ताराले पोल्यो’ बोलको गीतको भिडियोले सर्वाधिक आलोचना भोग्यो । यो गीतलाई विभिन्न संस्थाले रोक समेत लगाए । यो गीतको भिडियो आलोचित भएपछि ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले समेत विज्ञप्ति निकालेर चेतावनी दियो । तर, पनि रामजी रोकिएका छैनन् ।
उनले, निर्देशन गरेको अर्को गीतको भिडियो ‘चन्द्र कुमारी’ले दर्शकको खराब प्रतिक्रिया पाएको छ ।
समीक्षा अधिकारीको स्वरमा समावेश ‘चन्द्र कुमारी’ बोलको गीत ४ महिना अगाडि रिलिज भयो । यो गीतको भिडियोमा एक युवतीको बयान गरिएको छ । गीतमा एक महिलालाई दुर्गा, भगवती, कालीको अवतारको रुपमा हेरिएको छ । तर, गीतको भिडियोमा रामजीले मोडल लोसिना लामिछानेलाई हट अवतारमा प्रस्तुत गरेका छन् । लोसिनाको पहिरन र उनको डान्सको हाउभाउका कारण गीतको भिडियो आलोचित बन्न पुगेको हो ।
गीतको भिडियोमा आएका करिब ५ सय प्रतिक्रियामा अधिकांशले नेपाली गीत संगीतलाई मास्न खोजेको भन्दै चर्को आलोचना गरेका छन् । दुर्गा, भवानीको नाम लिएर मोडललाई नङ्ग्याएको भन्दै दर्शकहरुले आक्रोश पोखेका छन् ।
उनै, रामजीले नयाँ गीत ‘सेतै दूध सेतै चौलानी’ पनि तयार पारेका छन् । करिश्मा ढकालको युट्युब च्यानलबाट सार्वजनिक यो गीतको भिडियो र अडियो हेर्दा र सुन्दा पनि कही कतैबाट यो लोकगीत लाग्दैन ।
भिडियोमा मोडलद्धय करिश्मा ढकाल र पुष्प खड्कालाई नृत्य गराइएको छ । तर, गीतको भिडियोमा करिश्माको पहिरन, हाउभाउ भड्काउ खालको छ । मोडललाई रामजीले अनावश्यक रुपमा भड्किलो हाउभाउमा प्रस्तुत गरेका छन् । यो गीतको छायांकनका क्रममा पुष्प र करिश्माका अझै निकटताका दृश्यहरु खिच्ने प्रयास रामजीले गरेका थिए । जसकाकारण, पुष्प र रामजीविच केही घन्टा बोलचाल समेत नभएको वुझिएको छ । पुष्पले असहमति जनाएपछि ती दृश्यहरूको छायांकन नभएको मेरो फिल्मलाई स्रोतले बताएको छ ।
फिल्म र गीतसंगीतको भिडियोमा सर्वाधिक माग भएका कोरियोग्राफर रामजी बेलाबेलामा भड्किन्छन् र अपाच्य भिडियो तयार पार्छन् । आखिर, रामजी जस्ता चलेका र व्यस्त कोरियोग्राफरलाई किन बेलाबखत भड्किन आवश्यक होला ?
- #nepali movie
- #nepali movie
- #bollywood
- #durgesh thapa
- #fashion show
- #bijaya baral
- #Kunsang Bomjan
- #bimaalraj chetri
प्रतिक्रिया