'डल्ले' बन्दै 'बले'

हास्य श्रृखला ‘सक्किगो नि’का कलाकार सागर लम्साल ‘बले’ हिरो बन्ने भएका छन् । उनी फिल्म ‘डल्लेले इन्ट्री मार्याे’मा हिरोको रूपमा देखिने भएका हुन् । 

निर्देशक राजु गिरीले उनलाई डल्लेको शीर्ष भूमिकामा शुक्रवार अनुबन्धित गरेका हुन् । 

सागरले ‘लोफर’, ‘हैरान’ लगायतका केही फिल्ममा र थुप्रै म्युजिक भिडियो अभिनय गरेका छन् । उनी  १४ फागुनदेखि प्रदर्शनमा आउने फिल्म ‘लाज शरणम’ पनि देखिनेछन् ।

लक्ष्मण सुवेदीको स्क्रिप्ट लेखन रहेको फिल्मको छायाङ्कन फागुन अन्तिमदेखि सुरु हुनेछ । सावित्रा चिलुवाल, निर्मता बस्नेत, आशिष र आदर्श बस्नेत निर्माता रहेको फिल्मका अन्य कलाकार तथा प्राविधिक छनौटमा छन् ।