निफमा ‘भुठान’ देखाउने बिषयमा आयोजक र निर्माताको कुरा वाझियो
चैत्र ७ देखि ११ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल(निफ) मा रिलिज नै नभएको फिल्म ‘भूठान’को स्क्रिनिङको बिषयमा निर्माता र आयोजकको कुरा बाझिएको छ ।
फिल्मका निर्माता अविरल थापाले ‘भूठान’ स्क्रिनिङको बिषयमा आफूलाई नै जानकारी नभएको भन्दै हलमा नलागी कसरी महोत्सवमा देखाउने भन्दै प्रश्न गरे । उनले, यो खबर सुनेर आफूलाई हाँसो लागेको प्रतिक्रिया दिएका छन् । यो फिल्म आउँदो बर्षको वैशाख १२ गतेबाट नेपालमा रिलिज गर्ने तयारी निर्माताको छ । विनोद पौडेलको निर्देशनमा तयार भएको यो फिल्ममा हरिवंश आचार्य, दयाहाङ राई लगायतका कलाकारहरुको अभिनय छ ।
तर, यता निफका अध्यक्ष केपी पाठकले फिल्म देखाउने पक्का भएको बताए । यसका लागि फिल्मको टिमले फर्म नै बुझाइसकेको बताए । ‘फिल्म नदेखाउने भए, किन फर्म भर्नुभएको त ? केपीले प्रश्न गरे ।
आयोजकले निर्माणपक्ष पनि फिल्म देखाउने पक्का भएको बताइरहँदा निर्माता थापा भने हलमा नलागी फिल्म देखाउने कुरै आउँदैन भनिरहेका छन् । यसले, महोत्सवमा ‘भुठान’ प्रदर्शन हुन्छ या हुँदैन भन्ने अन्योल देखिएको छ ।
- #nepali movie
- #nepali movie
- #bollywood
- #nepali movie
- #aakash shrestha
- #Melina Rai
- #melina rai
- #natak
प्रतिक्रिया