वरुणको ‘बेबी जोन’को सुखद छैन समीक्षा
बलिउडका नायक वरुण धवनले समेत निकै मिहिनेत गरेको फिल्म ‘वेवी जोन’ आजबाट बक्स अफिसमा रिलिज भएको छ ।
दक्षिण भारतीय निर्देशक एट्लीको निर्माणमा उनकै सहयोगी कलिजको निर्देशनमा तयार भएको यो फिल्मले समीक्षकहरूबाट मिश्रित प्रतिक्रिया पाएको छ ।
यो फिल्ममा वरुण धवनको साथमा नायिकाहरू कृती सुरेश, ज्याकी श्राफ लगायतका कलाकारहरुको अभिनय छ ।
यो फिल्म दक्षिण भारतीय फिल्म ‘थेरी’को रिमेक हो । समीक्षकहरूले फिल्मको कथावस्तुमा नयाँपन नभएको बताएका छन् । साथै, ‘थेरी’ हेरेका दर्शकले यो फिल्ममा नयाँ कुरा केही पनि नपाउने उनीहरुको तर्क छ ।
फिल्मका लागि वरुणले निकै नै परिश्रम गरेका थिए । फिल्मको प्रचारमा पनि उनको मिहिनेत खुबै थियो । तर, अधिकांश भारतीय समीक्षकले यो फिल्मलाई २.५ रेटिङ दिएका छन् । फिल्मको ओपनिङ पनि औषत छ । नेपालमा पनि यो फिल्मले औषत ओपनिङ गरेको छ । नायक सलमान खानको केमियो भने विशेष रहेको समीक्षकहरूको भनाई छ ।
प्रतिक्रिया