‘पुष्पा २’मा श्रेयसको आवाज, तर भेटेका छैनन् अल्लु अर्जुन

विश्व बजारमा अहिले फिल्म ‘पुष्पा २’ले धमाका मच्चाइरहेको छ । यो फिल्मले विश्व बजारमा १ हजार करोड माथिको व्यापार गरिसकेको छ । हिन्दी भर्सनमा मात्र यो फिल्मले २ सय ९४ करोड माथिको व्यापार गरेको छ ।

एकै दिन यो फिल्मले हिन्दी भर्सनमा मात्र ८६ करोड कमाउन सफल भयो । बक्स अफिसमा ऐतिहासिक व्यापार गरेको यो फिल्मको हिन्दी भर्सनमा अल्लु अर्जुनको स्वरको डबिङ गरेका कलाकार श्रेयस तालपडेको अहिले चर्चा भइरहेको छ । 

श्रेयसको स्वरले दर्शकको माया पाइरहँदा उनले भने अहिलेसम्म अल्लु अर्जुनलाई भेटेका छैनन् । अर्जुनलाई नभेटेपनि श्रेयसको कामलाई दर्शकले निकै रुचाएका छन् । उनको स्वर अल्लुको डबिङ भर्सनमा निकै सुहाएको छ । श्रेयसले अहिलेसम्म अन्य कलाकारका लागि डबिङ गरेका छैनन् । 

श्रेयस आफूले पाएको प्रतिक्रियाबाट निकै खुशी रहेको बताउँछन् । ‘दर्शकले जुन तरिकाले आफ्नो स्वरलाई मन पराएका छन्, त्यसबाट निकै खुशी छु ।’ श्रेयसले भारतीय मिडियासँग भनेका छन् । 
सुरुवातमा दर्शकबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने कुराले उनलाई तनाव भएको थियो ।

तर, अहिले दर्शकले उत्साहजनक प्रतिक्रिया दिँदा उनी खुशी छन् । श्रेयस आफूले भने यस्तो प्रकारको फिल्म नगरेको बताउँछन् ।