अञ्जना तामाङको ‘फूल टिपी’ बजारमा

अञ्जना तामाङको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक भएको छ। यो गीतमा गायिका रिज्योना कार्कीले आवाज, शङ्कर अधिकारी घायलको शब्द लक्ष्मण पोखरेलको संगीत रहेको छ समावेश गरिएको छ । 

कविराज गहतराजको निर्देशन तथा कोरियोग्राफी रहेको यो गीतमा दुर्गा पौडेलको छायांकन र भिडियो सम्पादन तथा रङ्ग संयोजन मनोज कार्कीको गरेका छन् । 

म्युजिक भिडियो हाइटेक इन्टरटेन्मेन्ट र चोकस म्युजिकको सहकार्यमा निर्माण गरिएको हो। यसअघि हाइटेकले मिलन नेवार र जोहेब मानन्धरको स्वर रहेको कर्मा शाक्य र रुबिना थापाको जीवन्त अभिनय रहेको म्युजिक भिडियो 'एक दिन' सार्वजनिक गरेको थियो, जुन चर्चित छ।