बहिष्कारको धम्की आएपछि बोलिन् तृप्ती

फिल्म ‘एनिमल’ रिलिज भएपछि बलिउड नायिका तृप्ति डीमरीको चर्चा चुलिएको छ । उनको हातमा फिल्मको कुनै अभाव छैन । उनी, यतिबेला भने फिल्म ‘भुलभुलैयाँ ३’को प्रमोसनमा व्यस्त छिन् । 

यसैबिच, जयपुरमा भने उनको  विरोध भइरहेको छ । जयपुरमा आयोजना हुन लागेको एक कार्यक्रममा आउने वाचा गरेर पनि तृप्ति नपुगेपछि उनको चर्को आलोचना भइरहेको छ ।

तृप्तीले अन्तिम समयमा कार्यक्रम रद्द गरेको आयोजकले आरोप लगाएको छ । मानिसहरूले तृप्तीको तस्विरमा कालो रंग पोतिरहेका छन् । उनको फिल्मको बहिष्कार गर्ने धम्की पनि मानिसहरूले दिइरहेका छन् । 

चर्को विरोध भएपछि तृप्तीको टिमले एक विज्ञप्ति जारी गरेको छ । जहाँ, उनले कुनै पनि कार्यक्रममा आउने वाचा गरेर पैसा नलिएको उल्लेख छ ।

तृप्तीले कुनै पनि कार्यक्रमका लागि संझौता नगरेको र उनको नाम प्रयोग मात्र गरिएको बताइएको छ । 

साथै, तृप्ति हाल नयाँ फिल्मको प्रमोसनमा व्यस्त रहेको उनको टिमको भनाई छ । तृप्तीले अहिले नयाँ फिल्मको प्रमोशन बाहेक कुनै पनि बिषयमा नसोचेको पनि उल्लेख गरिएको छ ।