सामन्थासँग डिभोर्स गरेका चैतन्यले गरे शोभितासँग इन्गेजमेन्ट
साउथकी चर्चित नायिका सामन्थासँग डिभोर्स गरेको केही समयपछि नायक नागा चैतन्यले इन्गेजमेन्ट गरेका छन् । भारतीय मिडियाका अनुसार नागाले शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरेका हुन् ।
दुबै जनाले चैतन्यका पिता नागार्जुनको घरमा इन्गेजमेन्ट गरेका हुन् । नागार्जुनले सामाजिक संजालमा तस्विर शेयर गर्दै दुबै जनालाई बधाई दिएका छन् । उनले, शोभितालाई परिवारमा स्वागत गरेको उल्लेख गरेका छन् ।
मिडियाका अनुसार, इन्गेज्मेन्टका लागि नागाले आफ्नो नयाँ फिल्म ‘थन्देल’को सेटबाट एक दिनका लागि ब्रेक लिएका थिए । सामन्थासँग डिभोर्स भएपछि नागाको नाम शोभितासँग जोडिएको थियो ।
केही समय अगाडि शोभिता फिल्म ‘मेजर’को प्रमोसनका लागि जुन होटलमा बसेकी थिइन्, सोही होटलमा नागालाई पनि मिडियाले क्यामेरामा कैद गरेका थिए ।
- #nepali movie
- #nepali movie
- #bollywood
- #nepali movie
- #music video
- #Eleena Chauhan
- #raj ballav koirala
प्रतिक्रिया