अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा

बलिउड नायक अक्षय कुमारका १४ वटा फिल्म असफल भए । पछिल्ला केही बर्षमा रिलिज भएका यी फिल्मले निर्मातालाई नराम्रोसँग धक्का दियो ।

अक्षय अभिनित फिल्म ‘बडे मिया छोटे मिया’बाट निर्मातालाई सबैभन्दा ठूलो धक्का लाग्यो । यो फिल्मबाट मात्र निर्मातालाई २ सय ५० करोड घाटा लागेको छ । जसको कारणले निर्माताले आफ्नो महँगो अफिस नै बेच्नु परेको थियो । 

अक्षयको कोरोनापछि रिलिजमा आएका फिल्महरूमा ‘बेल बटन, लक्ष्मी, कठपुतली, अतरंगी रे, बच्चन पाण्डे, सम्राट पृथ्वीराज, रक्षा बन्धन, राम सेतु, सेल्फी, मिसन रानीगन्ज, बडे मिया छोटे मिया र सरफिरा’ बक्स अफिसमा सुपर फ्लप भएका थिए । फिल्म ‘सम्राट पृथ्वीराज’बाट निर्मातालाई १ सय ५० करोड घाटा लाग्यो । 

लगातार फिल्म असफल भएपछि अक्षयले अब आफूले विषयवस्तुमा ध्यान दिने बताएका छन् । तर, अक्षयको बर्षमै आधा दर्जन फिल्म रिलिज हुने गरेका छन् । यही कारणले दर्शकले उनका फिल्ममा रुची देखाउन छाडेका छन् ।