वर्षाको नाटकमा डेब्यू

नायिका वर्षा राउतले अब नाटकमा डेब्यू गर्ने भएकी छिन् । विमल सुवेदीको निर्देशनमा मञ्चन हुन लागेको ‘हिटलर आउँदैछ’ बाट उनले नाटकमा डेब्यू गर्न लागेकी हुन् । 

यो नाटकको वर्कशपका लागि वर्षा अहिले अमेरिकामा छिन् । एक महिना फिल्म ‘तेल भिसा’को छायांकन सकेर नेपाल फर्किएकी वर्षा केही दिनमै अमेरिका पुगेकी हुन् । यो नाटकमा वर्षासँगै कलाकार जोयस पाण्डेले पनि अभिनय गर्दैछन् । नाटकको लेखन विमल र जोयसले मिलेर लेखेका हुन् । 

अमेरिकाको ओहायो राज्यमा रहेको एक्रोन सिभिक थिएटरमा यो नाटक मञ्चन हुनेछ । वर्षाका अनुसार, नाटकको प्रिमियर भदौको २३ गते हुनेछ । आफू नाटकका लागि निकै उत्साहित भएको वर्षाको भनाई छ । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा वर्षा उत्साहित देखिइन् । यो नाटकले भुटानबाट राजनीतिक रुपमा बलपूर्वक निस्कासन गरिएका नेपाली भाषी भुटानी, नेपाली डायस्पोरा र उनीहरुको पुस्ताले भोगेको मानसिक र पहिचानको संकटलाई प्रस्तुत गर्ने निर्देशक विमल सुवेदीको भनाई छ । 

वर्षाले सामाजिक संलाजलमा तस्विर शेयर गर्र्दै आफू नाटकमा डेब्यू गर्न पाउँदा उत्साहित रहेको र पहिलेदेखि नै नाटकमा काम गर्ने इच्छा रहेको लेखेकी छिन् ।