आनाको उत्साह

फिल्म ‘एक्टर’मा काम गरिरहेकी नायिका आना शर्मा निकै उत्साहित देखिएकी छिन् । यो फिल्मको छायांकन सकिनै लाग्दा उनी भावुक समेत देखिएकी छिन् । किनकी, यो फिल्मको जस्तो टिम आफूले नपाएको भन्दै उनले आफ्नो उत्साह व्यक्त गरेकी छिन् । 

राजन भुसालको निर्देशनमा तयार भइरहेको फिल्मलाई कार्तिकको १५ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ । 

फिल्म ‘एक्टर’मा आनाको साथमा प्रदीप खड्का, दिव्या रायमाझी, राजवल्लभ कोइराला लगायतका कलाकारको अभिनय छ । यो फिल्मलाई लिएर आनाले देखाएको उत्साह गज्जब छ । 

आनाका लागि यो फिल्म चल्नुपर्ने दबाब छ । अर्कोतिर, यो फिल्मबाट उनको कामको समेत चर्चा हुन आवश्यक छ । किनकी, फिल्म क्षेत्रमा लागेको एक दशक भइसक्दा पनि आनाले अपेक्षित सफलता पाइरहेकी छैनन् ।

बरु, उनले गायक सुशान्त केसीको गीतको भिडियोबाट बढी चर्चा पाएको देखिन्छ । यस्तो अवस्थामा यो फिल्म चलेको खण्डमा आनाका लागि पनि राहत हुनेछ । तर, यो फिल्मको टिमसँग काम गर्न पाउँदा आनामा छुट्टै खालको उत्साह भने देखिएको छ ।