‘पुष्पा’का भिलेन सुनीलले दिए नेपाली दर्शकलाई धन्यवाद

फिल्म ‘ह्रस्व दीर्घ’को छायांकनका लागि नेपाल आएका कलाकार सुनील बर्माले नेपाली दर्शकलाई धन्यवाद दिएका छन् । 

ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली फिल्ममा काम गर्न पाउँदा खुशी लागेको बताए । उनले, यो फिल्ममा आफ्नो भूमिका पनि निकै राम्रो रहेको तर्क गरे । 

फिल्म ‘पुष्पा’मा काम गरेपछि सुनीलको चर्चा चुलिएको छ । उनै, सुनीलले भने–‘तेलुगु, कन्नड’ लगायतका फिल्म नगरी पहिला प्रान्तीय थिए ।

तपाइहरुको माया र साथकै कारण आज भारतीय फिल्म नगरी भएका छन् । यो सबै तपाइहरुको कारणले गर्दा हो । म तपाइहरुको दयालु मनका लागि धन्यवाद दिन चाहन्छु ।’

चन्द्र पन्तको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘ह्रस्व दीर्घ’को अन्तिम सेड्यूलमा काम गर्नका लागि सुनील नेपाल आएका हुन् । 

यो फिल्ममा नीता ढुंगानाको लगानी छ । फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप राउत, सुनील वर्मा, ब्रम्मानन्दम, विपना थापा, सरोज खनाल, किरण केसी, गरिमा शर्मा, संचिता लुइँटेल लगायतका कलाकारको अभिनय छ । यो फिल्म असोजको ३ गतेबाट रिलिजमा आउँदैछ ।