‘आउटल : दफा २१९’मा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्शन ?

फस्टलुक सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘आउटलः दफा २१९’को टिजर केही दिनमै सार्वजनिक हुँदैछ । यो फिल्म असोजको ३ गतेबाट रिलिज गर्ने तयारीमा यसको निर्माणपक्ष छ । 

फिल्ममा नायक सुशील श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् । यसैबिच, निर्माणपक्षले सुशीलको केही तस्वीर सार्वजनिक गरेको छ । जहाँ, सुशील नेपाल आर्मीले प्रयोग गर्ने हेलिकप्टरमा देखिन्छन् । 

यसले, फिल्ममा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्शन होला भन्ने कौतुहलता दर्शकमाझ बढ्ने निश्चित छ । फिल्मको टिमले त्रिभुवन विमानस्थलमा रहेको नेपाल आर्मीको हेलिकप्टर पार्किङ एरियामै फिल्मको छायांकन गरेको हो । 

अमित अग्रहरीको निर्माणमा तयार भएको यो फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन् । 

विक्की महर्जनकै लेखन रहेको यो फिल्ममा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय हेर्न सकिन्छ । 

विनोद कठायत र शशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन् । नविन गुरुङको डीओपी रहेको यो फिल्ममा  साहिल खानको सम्पादन छ । चुल्ठे काजीको एक्सन रहेको फिल्मका प्रोडक्शन म्यानेजर ईश्वर घिमिरे हुन् । यो फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।