कुमार सानु र रानीको हिन्दी गीतमा कुसुम र अभिषेकको प्रेम

भारतका चर्चित गायक कुमार सानु र गायिका रानी शाक्यले नयाँ गीत ‘शिद्दत’ सार्वजनिक गरेका छन् । निल शाक्यको संगीत रहेको यो गीतमा निशिला शाक्यको शब्द छ । 

सार्वजनिक गीतको भिडियोमा मोडलद्धय अभिषेक खड्का र कुसुम शर्माको अभिनय हेर्न सकिन्छ । रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन छ । 

सार्वजनिक गीतको भिडियोमा अभिषेकसँग मोडल कुसुम शर्मा रोमान्टिक देखिएका छन् ।