‘कमेडी च्याम्पियन’को सेटमा फर्किए सुशान बस्याल

केही महिना अगाडि कार दुर्घटनामा परेर गम्भीर घाइते भएका कमेडियन सुशान बस्याल स्टेजमा फर्किएका छन् । 

कार दुर्घटनामा परेर उनको टाउकोमा गम्भीर चोट लागेको थियो । यसपछि, उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

उनै, सुशान शनिबार आयोजित ‘कमेडी च्याम्पियन’को फाइनलमा स्टेजमा देखिएका हुन् । उनले, आफ्नो प्रस्तुति समेत दिएका थिए । सो क्रममा उनले, यो शोमाथि नै रोस्ट गरेका थिए । 

गत बर्षको चैत्रको ९ गते शोका निर्देशक विशाल भण्डारीसहित ६ जना चढेको कार दुर्घटनामा परेको थियो । ६ जनामध्ये सुशान गम्भीर घाइते भएका थिए । 

सुशानले यो शोको मेन्टर र असिस्टेन्ट डिरेक्टरको रुपमा काम गर्दै आएका थिए । उनी ‘कमेडी च्याम्पियन–२’का प्रतिस्पर्धी समेत हुन् । 
सुशानको प्रस्तुतिले निर्णायकहरुलाई समेत भावुक बनाएको थियो ।