‘डंकी’का विक्रम भन्छन्–‘साहरुखको घरमा एयरपोर्टको भन्दा कडा चेक हुन्छ’

राजकुमार हिरानी निर्देशित यो वर्षकै प्रतीक्षित फिल्म ‘डंकी’ बिहिबारबाट विश्व बजारमा रिलिज हुँदैछ । यो फिल्ममा साहरूखको साथमा तापसी पन्नु, विक्की कौसल, वोमन हिरानी, विक्रम कोचर लगायतका कलाकारको अभिनय छ । 

यसैबिच, मिडियासँग कुराकानी गर्दै कलाकार विक्रमले फिल्म र साहरूखको घरको विषयमा नयाँ राज खोलेका छन् । 

विक्रमले भने–‘म साहरूख खानलाई देखेर निकै खुशी थिएँ । उनले हामीलाई उनको घर मन्नतमा बोलाएका थिए । उनको घर निकै सुन्दर छ । तर, उनको घरमा सुरक्षा चेक कडा रुपमा हुने गर्दछ । उनको घरमा निकै धेरै सुरक्षा जाँच गर्ने मेसिन प्रयोग गरिएको छ । घरमा निकै ठूलो हल छ, प्रवेश गर्ने लबी पनि निकै ठूलो । यसपछि, एयरपोर्ट शैलीको सुरक्षा जाँच । यस्तो खालको चेकिङ पाँच तारे होटलमा मात्र हुने गर्दछ ।’

विक्रमले भारतीय मिडियासँग कुराकानी गर्दै भने–‘यदि धेरै सुरक्षा जाँच पछि जब हामी साहरूखको कोठामा गयौँ, उनी निकै नै साधारण तरिकाले प्रस्तुत भएका थिएँ । साहरूख खानले सबैलाई बराबर रुपमा सम्झिन्छन् र व्यवहार गर्छन् । मैले पहिला यस्तो सुपरस्टार कोही पनि देखेको थिइनँ ।’

साहरुसँग काम गर्न निकै नै सहज हुने विक्रमको अनुभव छ । उनका अनुसार, साहरूखले टिमका सबैलाई सहज बनाइदिन्छन् । उनले, अरूले दिने गरेका आइडियाहरुलाई समेत ध्यान दिएर सुन्छन् र त्यसमा छलफल गर्छन् । 

यसैले, साहरूख जस्ता कलाकार अरु कोही पनि नभएको विक्रमको तर्क छ ।