‘जवान र पठान’पछि एक सातामै ३ सय करोड कमाउने फिल्म बन्यो ‘एनिमल’

यो बर्ष बलिउडका लागि सबैभन्दा राम्रो बन्ने देखिएको छ । यो बर्ष बलिउडका फिल्मले बम्पर कमाई गरिरहेका छन् । ‘पठान’बाट सुरु भएको कमाई ‘एनिमल’सम्म आइपुग्दा सुखद बनिरहेको छ । 

यसैबिच, नायक रनवीर कपुर अभिनित यो फिल्म ३ सय करोड क्लबमा प्रवेश गरेको छ । रिलिज भएका एक सातामा फिल्मले ३ सय करोडको आँकडा छोएको हो । 

यो फिल्मले शुक्रबार ५४.७५ करोड, शनिबार ५८.३७ करोड, आइतबार ६३.४६ करोड, सोमबार ४०.४६ करोड, मंगलबार ३४.०२ करोड, बुधबार २७.८० करोड र बिहिबार २२.३५ करोडको कमाई गरेको हो । यो सँगै फिल्मको एक साताको कमाई ३ सय करोड पुगेको छ । 

यो बर्ष रिलिज भएका नायक साहरूख खान अभिनित ‘जवान र पठान’पछि एक सातामा नै ३ सय करोड कमाउने फिल्मको सूचीमा ‘एनिमल’ उक्लिएको छ । ‘जवान’ले एक सातामा ३२७.८८ र ‘पठान’ले ३१८.५० करोड कमाई गरेका थिए । 

यो फिल्मले बक्स अफिसमा पाँच सय करोड कमाई गर्ने अपेक्षा गरिएको छ ।